सामान्यतया राम्रो स्वास्थ्यको लागि ८ घण्टा सम्म सुत्ने गर्नुपर्दछ । यो हामी सबैलाई थाहा भएको कुरा हो । तर, पनि हामी विभिन्न कारणले गर्दा समयमा सुत्न, र समयमा उठ्न सकिरहेको हुदैँनौं तसर्थ हाम्रो स्वास्थ्यमा विभिन्न समस्याहरु सिर्जना हुन सक्छ तसर्थ हामीले हाम्रो उमेर अनुसार सुत्ने र उठ्ने गर्नुपर्दछ । यदि तपाइँ ५ घण्टा भन्दा कम सुत्न पाउँछन्, यसले तपाईको मस्तिष्कको कार्यक्षेत्रमा नकारात्मक असर पार्दछ। आवश्यकता भन्दा बढी सुत्दा पनि यस्तो समस्या आउन सक्छ । अनुसन्धानका अनुसार, निन्द्राको मात्रा सबै उमेरका व्यक्तिमा फरक हुन्छ।
नवजात शिशुदेखि ३ महिना उमेर समूह –
यी बच्चाहरूलाई हरेक दिन १४ देखि १७ घण्टा निद्रा आवश्यक हुन्छ। जसमध्ये कम्तिमा ११ देखि १७ घण्टा निदाउन महत्त्वपूर्ण छ। तर १९ घण्टाभन्दा बढी निदाउनु पनि बच्चाको दिमागको विकासलाई बाधा पुग्न सक्छ ।
४ महिनादेखि १ बर्ष उमेर समूह
४ महिनादेखि १ बर्षसम्मका उमेरका बच्चालाई १२ देखि १५ घण्टा वा कम्तिमा १० घण्टा निदाउनु आवश्यक हुन्छ ।यस्तै, १८ घण्टाभन्दा बढी निन्द्रा तिनीहरूको लागि खतरनाक हुनसक्छ।
१ देखि २ बर्ष उमेर समूह
१ देखि २ बर्षसम्मका बच्चाको लागि ११ देखि १४ घण्टा निदाउनु राम्रो मानिन्छ । यसभन्दा बढी वा कम निदाउनु यी उमेर समूहका बच्चाहरुको लागि राम्रो हुदँैन । ३ बषैदेखि ५ बर्ष उमेर समूह( यी उमेर समुहका बच्चाहरु १० देखि १३ घण्टाको निन्द्रा राम्रो मानिन्छ । यसैगरी ८ घण्टाभन्दा कम वा १४ घण्टाभन्दा बढी निदाउनु उनीहरुका लागि हानिकारक हुनसक्छ ।
६ देखि १३ बर्ष समूह
यी उमेर समूहका बच्चाहरुको लागि ९ देखि ११ घण्टाको निन्द्रा राम्रो मानिन्छ । उनीहरुका लागि ७ घण्टाभन्दा कम वा ११ घण्टाभन्दा बढी निदाउनु उनीहहरुका लागि हानिकारक हुन्छ ।
१४ देखि १७ बर्ष समूह
१४ बर्षदेखि १७ बर्ष उमेर समूहका लागि ८ देखि १० घण्टाको निन्द्रा राम्रो मानिन्छ ।
१८ देखि २५ बर्ष समूह
१८ देखि २५ बर्ष समूहका लागि ७ देखि ९ घण्टा सुत्नु फाइदाजनक रहेको छ । तर यसभन्दा घटी वा बढी भने हानिकारक हुन जान्छ ।
२६ देखि ६४ बर्ष समूह
२६ बर्ष देखि ६४ वर्ष उमेरका मानिसहरूलाई पनि ७ देखि ९ घण्टा निद्रा आवश्यक छ । यसले मानसिक स्वास्थ्यका साथै कार्यक्षमता पनि प्रभावकारी बनाउन सहयोग गर्दाछ ।
६४ बर्ष उमेर समुहभन्दा माथि
६४ बर्ष उमेर समूहका मानिसहरुका लागि ७ देखि ८ घण्टाको निन्द्रा राम्रो मानिन्छ । बढ्दो उमेरका साथ, निद्रा आवश्यकता पनि घट्दै जान्छ । तर यस उमेरमा ५ घण्टाभन्दा कम निदाउनु वा ९ घण्टाभन्दा बढी निदाउनु पनि स्वास्थ्यका लागि हानिकार मानिन्छ ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो