बिहीबार गण्डकीका ८८ जनामा कोरोना पुष्टि भएको छ।
प्रदेश स्वास्थ्य निर्देशनालयको दैनिक कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका ८५९ जनामा गरिएको नमुना परीक्षणमा थप ८८ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो।
आज संक्रमण पुष्टि हुनेमा गण्डकीका आठ जिल्लाका छन् । जसअन्तर्गत कास्कीका ४३ जना, तनहुँका छ जना, गोरखाका दुई जना, लमजुङका तीन जना र नवलपुरका छ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तै स्याङ्गजाका २० जना, पर्वतका पाँच जना र बागलुङ जिल्लाका तीन जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।
आज आज थपिएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ८५ हजार ६५९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा गण्डकीबाट ५७ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ८३ हजार ३० पुगेको छ। गण्डकीमा हाल सक्रिय संक्रमितको संख्या १२६७ रहेको छ।
बिहीबार गण्डकीमा थप दुई जनाको कोरोना संक्रमणका कारण मृत्यु पुष्टि भएको छ। आज मृत्यु पुष्टि हुनेमा कास्की जिल्ला रुपा गाउँपालिकाका ८१ वर्षीय वृद्ध र तनहुँ जिल्ला भानु नगरपालिकाका ७२ वर्षीय वृद्ध छन् ।
आज मृत्यु पुष्टि भएकासँगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको कूल संख्या १३६२ पुगेको निर्देशनालयले जनाएको छ।


सम्बन्धित खबर
वालिङ्बाट लागूऔषधसहित पोखराका गुरुङ पक्राउ
राष्ट्रिय मगर एकता दिवसमा स्याङ्जाका आठ पालिकामा सार्वजनिक बिदा
मार्ग खुलेको १५ वर्षपछि सडक स्तरोन्नति
मोबाइल चोरी गर्ने स्याङ्जाका गुरुङ पक्राउ
पोखरा ३१ द्वारा कृषकहरुलाई लहरे बालीको बिउ वितरण
दरगाउँटारका १०० महिलाको पाठेघरको मुखको क्यान्सर परिक्षण
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो