वडाध्यक्ष लामिछानेले सचेतकबाट दिएको राजिनामा फिर्ता

वडाध्यक्ष लामिछानेले सचेतकबाट दिएको राजिनामा फिर्ता

ram raj lamichhane

पोखरा । नेपाली कांग्रेसको तर्फबाट पोखरा महागरपालिकामा सचेतक एवं दलका नेता रहेका पोखरा महानगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष रामराज लामिछानेले आफूले दिएको राजिनामा फिर्ता लिएका छन् ।

नेपाली कांग्रेस पोखरा महागर समिति सभापतिमा उम्मेद्वारी दिएका उनी अाफूभन्दा जुनियरभन्दा कम मत ल्याई सभापतिमा पराजय भएसंगै सचेतक पदबाट राजिनामा दिएका थिए ।

लामिछानेले दिएको राजिनामा फिर्ता लिन कांग्रेसबाट निर्वाचित वडा अध्यक्षहरुको बैठकले आग्रह गरेपछि सचेतकबाट दिएको राजिनामा फिर्ता लिन सहमत भएको पोखरा महानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष शंकर बास्तोलाले जानकारी दिए ।

वडाध्यक्ष बास्तोलाकै अध्यक्षतामा बुधबार बसेको बैठकले लामिछानेलाई राजिनामा फिर्ता लिएर सचेतकको जिम्मेवारीमा फर्कन आग्रह गरेको थियो । राजिनामा फिर्तासंगै वडाध्यक्ष लामिछाने पुन: जिम्मेवारीमा फर्किएका हुन् ।

पोखरा महागरमा कांग्रेसबाट निर्वाचित ११ जना वडाध्यक्ष छन् । ३३ वटा वडामा २२ वडामा एमालेले जितेकाे थियाे ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds