अफगानिस्तानमा तालिबानकाे आक्रमण त्रासले तालिबान विराेधी अफगानहरुले सामाजिक सञ्जालबाट आफ्नो प्रोफाइल ‘डिलिट’ गर्न थालेका छन्। अफगानीहरु सामाजिक सञ्जालबाट आफूले पहिला राखेको तस्बिर र विचार व्यक्त गरेका ट्वीटहरु हटाउन थालेका छन्।
कतिपयले सामाजिक सञ्जालमा आफ्नो प्रोफाइलसम्म पनि डिलिट गरेका छन्। सामाजिक सञ्जाल प्रयोग गरे पछि आफू तालिबानको आक्रमणमा पर्न सक्ने खतरा रहेकोले तस्बिर र पोस्टहरु हटाएको उनीहरुले बताएका छन्।
तालिबानले अफगानिस्तानमा अन्तरिम सरकार बनाएसँगै विगतमा आफूहरुकाे विपक्षमा रहेकाे वा विराेधी गतिविधिमा सामेल भए पनि आममाफी दिएकाे बताएकाे थियाे । तर तालिबानकाे वाचा र व्यवहारमा तालमेल भने मिलेकाे छैन ।
गएको अगस्ट १५ अफगानिस्तान कब्जा गरेयता तालिबानले विरोधीहरुलाई कडा दण्ड दिएको छ। गएको शनिबार तालिबानका लडाकुहरुले चारलाईको गोली हानी हत्या गरेर शव शहरको खुला स्थानमा झुण्डाएका थिए।
यसैबिच, तालिबानले हेल्मण्ड प्रान्तमा दाह्री काट्न प्रतिबन्ध लगाइसकेकाे छ। तालिबानले स्थानीय सैलुन सञ्चालकहरुलाई दाह्री खौरिन वा ट्रिम (छोटो) नगर्न आदेश लिएको छ।
सम्बन्धित खबर
विपिन जोशी रिहा हुने आस बढ्यो, हमासको नयाँ प्रस्ताव
क्यानडाको टोरन्टोमा अवतरण गर्ने क्रममा विमान पल्टियो, ३ जना गम्भीर
नयाँदिल्ली रेलवे स्टेसनमा भागदौड हुँदा १८ जनाको मृत्यु, २५ भन्दा बढी घाइते
लेबनानमा शान्ति सेनामाथि आक्रमण, उपरथी ढकाल घाइते
महाकुम्भमा सवारी दुर्घटना हुँदा १० श्रद्धालुको मृत्यु, १९ घाइते
नेपाल भ्रष्टाचार हुने मुलुकको १०७ औँ स्थानमा
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो