आज विश्व रेबिजविरुद्धको दिवस

आज विश्व रेबिजविरुद्धको दिवस

death dog

पोखरा । आज २८ सेप्टेम्बर । विश्व रेबिजविरुद्धको दिवस । नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ ।

‘रेबिजः तथ्य बुझौँ, त्रसित नबनौँ’ भन्ने नाराका साथ यस वर्षको दिवस मनाउन लागिएको हो । नेपालले सन् २०३० सम्ममा रेबिजका कारण हुने मृत्युलाई शून्यमा झार्ने प्रतिबद्धता जनाएको छ। रेबिज एउटा भाइरस हो, यसलाई न्यूरोट्रोपीक भाइरस भनिन्छ ।

यो दिवस सन् २००७ देखि मनाउन थालिएको हो। रेबिजविरुद्धको खोप पत्ता लगाएका फ्रान्सका माइक्रो बायोलोजिस्ट लुइस पास्चरको पनि २८ सेप्टेम्बर, सन् १८९५ मा मृत्यु भएको थियो । रेबिजविरुद्धको खोप पत्ता लगाएर धेरै जनाको ज्यान जोगाउन उनले पु¥याएको योगदानको कदर गर्दै यस दिन उनको सम्झना गर्ने गरिन्छ।

रेबिजकै कारण विश्वमा वर्षेनि १ लाखभन्दा बढी व्यक्तिले ज्यान गुमाउने गरेको विश्व स्वास्थ्य संगठनको तथ्यांक छ । जसमा आधाभन्दा बढी १५ वर्षभन्दा कम उमेरका बालबालिका छन्।

कुकुरसहित विभिन्न जनावरको टोकाइबाट रेबिज सर्ने भए पनि विश्वभरको तथ्यांक हेर्दा ९५ प्रतिशत रेबिज कुकुर टोकाइबाट हुने गरेको देखिन्छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds