प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सांसद खगराज अधिकारीले नेपाललाई सरकारले नै कालो सूचीमा पार्ने प्रयास गरिरहेको आरोप लगाएका छन् ।
सरकारले ल्याएको प्रतिस्थापन विधेयकमा करिब २१/२२ अर्ब कालो धनलाई वैधानिकता दिने गरी प्रावधान ल्याएको भन्दै उनले सरकारले नेपाललाई कालो सूचीमा पार्ने प्रयास गरिरहेको आरोप लगाएका हुन् ।
सोमबार प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा अधिकारीले सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै भने, ‘हुँदाहुँदा लुटिएका झण्डैझण्डै २१/२२ अर्ब अन्तर्राष्ट्रिय कानुन, आतंककारी कानुनसमेत आकर्षित हुने कानुनलाई समेत उलंघन गरेर यो देशलाई नै कालो सूचीमा पार्ने गम्भीर बाटोमा सरकार गइरहेको छ ।’
सांसद अधिकारीले सरकारले दलीय व्यवस्थालाई नै समाप्त पार्न अवरुद्ध संसदलाई सञ्चालनका लागि पहल गनरेको तर्क गरे ।
सरकार तमासा हेरेर बसेको छ
नेता अधिकारीले लगातार संसदमा बिरोध हुँदा पनि सरकार तमाशा हेरेर बसेको आरोप लगाए । अधिकारीले आफूलाई लोकतन्त्रवादी भन्ने कांग्रेस नेतृत्वको सरकारले संसद्मा देखिएको गतिरोध अन्त्य गर्न कुनै भूमिका निर्वाह नगरेको र तमाशा हेरेर बसेको आरोप लगाएका हुन् ।
उनले सरकारले अहिले गैरजिम्मेवार प्रवृति देखाएको आरोप पनि लगाए । अधिकारीले अकस्मात संसद् बन्द गरी दलीय व्यवस्थालाई समाप्त गर्ने सत्ता गठबन्धनको षडयन्त्रको जारी रुप संसद्मा देखिएको धारणा व्यक्त गरे । त्यस्तै उनले सरकार आफ्नो नीति र सिद्धान्तमा विश्वस्त नरहेको पनि बताए ।
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
सानो देशमा छु भन्ने हीनताबोध नराख्नुस्, सार्वभौमसत्ता सानो वा ठूलो हुँदैन: प्रधानमन्त्री ओली
प्रजातन्त्र दिवसमा प्रदेश प्रमुख भट्टको शुभकामना
एमालेसँग एकता सम्भव छैन, माओवादीमा मिल्दैछ भन्ने भ्रमबाट पनि मुक्त हुनुस्ः नेपाल
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते