काठमाडौंबाट विराटनगरका लागि उडान भरेको बुद्ध एयरको जहाज काठमाण्डौमै फर्केर सहज अवतरण हुन सफल भएको छ । विराटनगरमा अवतरण गर्ने क्रममा ल्यान्डिङ गेयरमा समस्या देखिएपछि जहाज काठमाडौंमा फर्कियो ।
बुद्ध एयरको एएनआई कल साइनको उडान नम्बर–७०१ को विमानमा सवार ७३ यात्रुमध्ये २ जना बालबालिका र ३ जना नवजात शिशु थिए । ४ जना क्रु मेम्बर जहाजमा सवार थिए । आकाशमा २ घण्टा फन्को मारिरहँदा यात्रुहरु चिन्तित थिए ।
आकाशमा तनावपूर्ण २ घण्टा ५ मिनेट फन्को मारेपछि विमान अवतरण गरिएको हो । यात्रुहरुलाई काउन्सिलिङ गरेर गन्तव्यमा पठाइएको विमानस्थल प्रशासनले जानकारी दिएको छ ।
विमान उडाउने क्याप्टेन थिए एजी शेर्पा
उक्त जहाज क्याप्टेन एजी शेर्पाले उडाएका थिए । ल्यान्डिङ गियरमा संकेत नदेखेपछि विमानका क्याप्टेन शेर्पाले विमान काठमाडौं फर्काउने निधो गरेका थिए । विराटनगर विमानस्थलमा फोर्स ल्याण्डिङका लागि आवश्यक तयारी नभएको हुनाले विमान काठमाडौं फर्काइएको थियो । विमान बिहान ८ बजेर ३२ मिनेटमा विराटनगरका लागि उडेको थियो ।
जोखिमपूर्ण अवस्था रहे पनि शेर्पाले काठमाडौंंमा सुरक्षित अवतरण गराएका थिए । जहाज अवतरण गराउन सबै सुरक्षाका व्यवस्था गरिएको थियो । काठमाडौं विमानस्थलमा फ्युल बर्न गराएर फोम ओछ्याएर फोर्स ल्याण्डिङको तयारी गरिएको थियो । दमकल र फायर फाइटर तयारी अवस्थामा थिए । एम्बुलेन्स पनि तयारी हालतमा राखिएको थियो । तर, चक्का खुलेपछि विमान सामान्य तरिकाले १० बजेर ३७ मिनेटमा ल्याण्ड गरिएको हो । पाङ्ग्रा निस्केको पुष्टि भएपछि सफलतापूर्वक अवतरण गरिएको त्रिभुवन विमानस्थल नागरिक उड्ययन कार्यालयका प्रमुख प्रतापबावु तिवारीले बताएका छन् ।

सम्बन्धित खबर
शिक्षामन्त्री भट्टराई बिरामी, त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै
आजको मौसम पूर्वानुमान
पूर्वराजालाई पुनको चेतावनी: तानाशाही शासन फर्काउन सकिन्छ कि भनेर मुख नमिठ्याए हुन्छ
स्वास्नी पाउन नसकेको थारो भनेपछि काकाकाकीको हत्या
पेस्तोल तथा गोलीसहित दुई भारतीय पक्राउ
अवैध सुनचाँदी कारोबार गर्ने ४ जना भारतीय नागरिक पक्राउ
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो