एमालेको विरोधकाबीच बजेटसँग सम्बन्धित दुई विधेयक राष्ट्रिय सभाबाट पारित

एमालेको विरोधकाबीच बजेटसँग सम्बन्धित दुई विधेयक राष्ट्रिय सभाबाट पारित

rastriya_sabha

काठमाडौँ । राष्ट्रिय सभाले प्रमुख विपक्षी नेकपा एमालेको विरोधकाबीच बजेटसँग सम्बन्धित दुई विधेयक पारित गरेको छ ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधबीच आज सोमबार बसेको राष्ट्रिय सभा बैठकबाट आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ पारित भएको हो ।

सभाध्यक्ष गणेश तिमल्सिनाले एमालेको विरोधकाबीच आर्थिक क्विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ माथिको दफाबार छलफल अगाडि बढाए ।

दफाबार छलफलमा कुनै पनि सांसदले भाग लिएनन् । र सभाले दुवै विधेयक बहुमतले पारित गर्यो । दुवै विधेयक प्रतिनिधि सभाबाट पारित भएर राष्ट्रिय सभामा गएको थियो । सोमबार राष्ट्रिय सभाले पनि पारित गरेर पुनः प्रतिनिधि सभामै पठाएको छ ।

अब आजै दिउँसो दुई बजे बस्ने प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय सभाले पारित गरेको सन्देश पेस हुनेछ । र प्रतिनिधि सभाले सभामुख हुँदै प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पुग्छ र प्रमाणीकरण भएपछि कार्यान्वयनमा जाने छ ।

राष्ट्रिय सभाको अर्को बैठक आउँदो १७ गते बस्ने छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ