स्वीजरल्याण्डमा समलैंगिक विवाहलाई मान्यता

स्वीजरल्याण्डमा समलैंगिक विवाहलाई मान्यता

gaymarriage p

काठमाडौँ । स्वीजरल्याण्डमा समलैंगिक जोडीलाई विवाहको मान्यता दिइएको छ । स्वीजरल्याण्डको संसदले शुक्रबार समलिङ्गीहरूका बीचमा विवाह गर्न पाउने व्यवस्थासहितको नयाँ कानुन पारित गरेको हो।

समलैंगिक बिबाहलाई मान्यता दिने कि नदिने भन्ने बिषयमा भएको मतदानमा ६४ दशमलव १ प्रतिशत मतदाताले यो निर्णयको समर्थन गरेका छन् ।

योसँगै स्वीट्जरल्याण्डले पश्चिमी युरोपका अन्य देश समान समलैंगिक जोडीलाई यो अधिकार दिने भएको छ । यसअघि सन् २००७ मा स्वीटजरल्याण्डमा समलैंगिक जोडीलाई सँगै बस्ने अधिकार दिइएको थियो भने अब विवाहको अनुमति पनि दिइने भएको छ ।

उनीहरुले धर्मपुत्र, धर्मपुत्री राख्न पाउनेछन् भने नागरिकता पनि प्राप्त गर्नेछन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds