केही मानिसहरु बेडमा पल्टिएको घण्टौंसम्म पनि निदाउन सक्दैनन् तर कति भने भुसुक्कै निदाइहाल्छन् । छिटै निदाउनु स्वास्थ्यका लागि निकै राम्रो हुन्छ तर स्वास्थ्य विज्ञका अनुसार छिटो निदाउनु पनि स्वास्थ्यका लागि केही अवस्थामा हानिकारक हुने गर्छ । यसले केही कुरामा संकेत गरिरहेको स्वास्थ्य अधिकारी बताउँछन् ।
निदाउन यति समय लाग्नुपर्छः
यदि तपाईं छिट्टै निदाउनुहुन्छ भने यो राम्रो–नराम्रो दुबै हो । राम्रो कुरा यो हो कि तपाईं ती मानिसमध्ये एक हुनुहुन्छ जो सजिलै निदाउन सक्छन् । नराम्रो कुरा के हो भने तपाईंको शरीरलाई बढी निद्रा आवश्यक परेका कारण तपाईं भुसुक्क निदाउनुभएको पनि हुनसक्छ । स्वास्थ्य अधिकारीका अनुसार धेरैजसो मानिसलाई निदाउनका लागि लगभग ५ देखि २० मिनेटको आवश्यकता पर्छ । यद्यपि, यो मानिसको शरीरको हिसाबले अलग पनि हुनसक्छ ।
के भन्छन् विज्ञ ?
अमेरिकाको बिहेवियरल स्पिल मेडिसिन साइकोलोजिस्ट मिशेल ड्रेरुपका अनुसार यदि तपाईं तीन मिनेट भित्रै निदाउनु हुन्छ र सुतेर उठेपछि ताजा महसुस गर्नुहुन्छ भने तपाईंले यसमा चिन्ता गर्नुपर्ने कुरा छैन । यद्यपि, कतिपय अवस्थामा भने तपाईंलाई निद्रा नपुगिरहेका कारण तपाईं बेडमा पल्टिने बित्तिकै निद्रा लागेको हुनसक्ने पनि यसले संकेत गर्छ । यस्तो त्यतिबेला हुन्छ जब तपाईं गलत समयमा सुत्नुभएको छ वा तपाईं चाँडै उठ्नुहुन्छ तर समयमा गहिरो निद्रामा पर्न पाउनुहुन्नँ ।
हुनसक्छन् यस्ता समस्याः
निकै छिट्टै निद्रा लाग्नु स्लीप डिसअर्डरसँग पनि जोडिएको हुनसक्छ । यदि तपाईं राती ६ घण्टा पनि कम सुत्नुहुन्छ भने तपाईंको शरीरले पर्याप्त निद्रा पाइरहेको छैन भनेर बुझ्नुहोस् । यसैकारण पनि तपाईंलाई जतिबेला पनि निद्रा लागिरहेको जस्तो महसुस हुन्छ । खानपिनजस्तै तपाईंको शरीरलाई पनि निद्रा त्यति नै आवश्यकता पर्छ । विशेषज्ञका अनुसार जसको निद्रा पूरा हुन पाउँदैन उनीहरुमा मधुमेह, मुटुरोग, मोटोपना, उच्च रक्तचाप र डिप्रेशनको खतरा बढ्ने गर्छ ।
सम्बन्धित खबर
कुलमानलाई स्पष्टीकरण सोध्ने मन्त्रिपरिषदकाे निर्णय
सरकारले ल्याएका पाँच अध्यादेश प्रतिनिधिसभाबाट स्वीकृत
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
यो पनि पढौँ
३५ मिनेट वान टु वान भेटपछि मोदीले नेपाली भाषामा र ओलीले हिन्दी भाषामा के लेखे ?
आँधीखोला गाउँपालिकामा शुक्रबार शोक बिदा
गर्भवती श्रीमतीलाई जंगलमा लगेर हत्या गरी एक्साभेटरले खाल्डोमा गाड्ने श्रीमान् पक्राउ
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अर्बौं भ्रष्टाचार भएको संसदीय छानबिनको ठहर