स्याङ्जामा पाँच महिना पछि हट्यो निषेधाज्ञा

स्याङ्जामा पाँच महिना पछि हट्यो निषेधाज्ञा

syanja

स्याङ्जामा संक्रमण घाट्दै गएपछि जिल्लाभर लगाइएको निषेधाज्ञा हटेको छ । गएको बैशाख २१ बाट लगाएको निषेधाज्ञा झण्डै ५ महिना पछि हटाईएको स्याङ्जाका प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले दिए ।

पछिल्ला दिनहरुमा कोभिड–१९ को संक्रमणको दर न्यून हुँदै गएको तथा जिल्लाको जनजीवन समेत सामान्य बन्दै गईरहेको विश्लेषणका आधारमा जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकको निर्णय अनुसार निषेधाज्ञा हटाईएको नेपालले बताए

कोभिड–१९ संक्रमणको दर घट्दै गएपनि यो पूर्ण रुपमा नियन्त्रणमा आइनसकेको र संक्रमणको जोखिम कायम नै रहेको भन्दै प्रशासनले आफ्नो पेशा व्यवसाय सञ्चालन गर्दा नेपाल सरकारले जारी गरेका जनस्वास्थ्य र सुरक्षाका मापदण्डहरु पूर्ण रुपमा पालना गर्न आग्रह गरेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds