ओमानसँग नेपालको लज्जास्पद हार, ७-२ ले पराजित

ओमानसँग नेपालको लज्जास्पद हार, ७-२ ले पराजित

nepal vs oman

साफ च्याम्पियनसिप सिप अघिको मैत्रीपूर्ण खेलमा नेपालले ओमानविरुद्ध लज्जास्पद हार व्यहोरेको छ ।

कतारको दोहामा आइतबार राति भएको खेलमा नेपाल ओमानसँग ७-२ ले पराजित भएको हो ।

ओमानलाई जित दिलाउन अब्दुल्लाजिज अल मुक्बालीले दुई गोल गरे भने फामी सेद, मोसेन जाहर, इसाम अल सुभी, मोहसेन अल घासनी र जमिल एल यह्मादीले एक एक गोल गरे ।

नेपालका लागि आयुस घलान र अनन्त तामाङले एक एक गोल फर्काए ।

कतार युनिभर्सिटीको मैदानमा पहिलो हाफमा ओमानले २-१ को अग्रता बनाएको थियो भने दोस्रो हाफमा ५ गोल गरेको थियो ।

नेपाली टोली आज कतारबाटै माल्दिभ्स जानेछ । साफ अक्टोबर एक देखि १५ सम्म माल्दिभ्समा हुनेछ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ