पोखरा । क्लब हाउस मार्फत् संकलित रकम छुट्टाछुट्टै कार्यक्रम गरी उस्मान अलि फाउण्डेसन र एक मृगौला पीडितलाई हस्तान्तरण गरिएको छ ।
आइतबार एक कार्यक्रमकाबीच क्लब हाउसमा आवद्ध प्रयोगकर्ताहरुबाट संकलित रकम तनहुँको शुक्लागण्डकी–५ गल्छीनाकी मृगौला पीडित अनिता सुवेदी र उस्मान अलि फाउण्डेसनलाई हस्तान्तरण गरिएको हो ।
तनहुँकी अमिसा घिमिरे लगायतले क्लब हाउस मार्फत उस्मान अलिको सहयोगार्थ संकलित एक लाख ३ हजार रुपैयाँबाट फाउण्डेसनलाई पचास हजार र विगत ४ वर्षदेखि मृर्गौला सम्बन्धी समस्याभई नियमित डायलिस गरिरहेकी सुबेदीलाई ५३ हजार रुपैयाँ सहयोग स्वरुप हस्तान्त्रण गरिएको घिमिरेले जानकारी दिइन् ।
स्पाइनल मस्कुलर एट्रोफिएसएमए टाइप वान (नसासम्बन्धी जटिल समस्याका) कारण ग्रसित उस्मान अलिको उपाचार्थ क्लव हाउसमा थालिएको अभियानमा संकलन भएको रकम उस्मान अलि फाउण्डेसन र सुबेदीलाई हस्तान्तरण गरिएको हो ।
३ महिनाबाट स्वास्थ्यमा गम्भीर समस्या आई ९ महिनाको उमेरमा उस्मानको गत भदौ २६ गते उपचारका क्रममा निधन भएको थियो । जटिल प्रकारको रोगका कारण निधन भएका उस्मानको स्मृतिमा उनको परिवारले उस्मान अलि प्रतिष्ठान स्थापना गरेका छन् । उक्त रकम फाउण्डेसनका सह–सचिव समिउल्ला मियालाई अभियानका तर्फबाट घिमिरे सहित रमेश अधिकारी, लक्ष्मण पौडेल, लक्ष्मी पौडेल, बन्दना खनाल, प्रमिस श्रेष्ठ लगायतको समूहले हस्तान्तरण गरेका हुन् ।
घिमिरेले भनिन्, ‘उस्मान अलिबाबुको उपाचारार्थ हामीले क्लव हाउसबाट संकलन गरेको रकम फाउण्डेसन र मृर्गौला सम्बन्धी समस्या भई उपचार अभावमा बस्न बाध्य हुनुभएकी अनिता सुबेदीलाई उपचारमा थोरै भएपनि सहयोग पुगोस् भन्ने उद्देश्यले उहाँहरुलाई सहयोग गरेका हौं ।’ उनले यो अभियानमा सहयोग गर्ने सबैपति कृतज्ञता समेत व्यक्त गरिन् ।
सहयोग रकम ग्रहण गर्दै प्रतिष्ठानका सह–सचिव मियाले उस्मानको स्मृतिमा स्थापना भएको प्रतिष्ठानले आर्थिक अभावकै कारण उपचार अभावमा अकाल मृत्यु वरण गर्न बाध्य विरामीहरुको सहयोगका लागि पहल गर्ने उद्देश्य राखेको बताए । उनले क्लव हाउस लगायत सामाजिक सञ्जाल मार्फत जोडिएर सहयोग गर्ने सहयोगीहरुलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा फाउण्डेसन सबैसँग सहकार्य गर्दै अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।
यस्तै, विगत ४ वर्षदेखि मृगौलामा समस्या आई नियमित डायलिस गर्दै आएकी सोही स्थानकी अनिता सुबेदीलाई पनि सो टोलीले सहयोग गरेको क्लव हाउसको हाम्रो घर समूहका ग्रुप क्रियटर रमेश अधिकारीले बताए । उनले भने, ‘समाजिक सञ्जालमार्फत जोडिएर सेवाको क्षेत्रमा सहयोग गर्न पाउनु ठूलो कुरा हो । हामीले गरेको सानो सहयोगले नै कसैको जीवन जोगाउन सकिन्छ भने त्यो भन्दा पूण्यको काम अरु हुँदैन ।’
पारिवारिक अवस्था निकै कमजोर भएकी सुवेदीले उक्त सहयोगबाट एक महिनाको उपचार खर्चको जोहो भएको बताइन् । उनले भनिन्, ‘मलाई नियमित डायलिसिस गराउन पर्छ, भएको जायजेथा बेचेर उपचार गरियो, अहिले सबै सकियो ।’ – रुँदै भनिन् – अलिअलि आमाले गर्नुुहुन्थ्यो आमा पनि नसा सम्बन्धी समस्याले थला पर्नु भयो । भाइ पनि अपाङ्ग छ, घरमा आर्जन गर्ने कोही छैन भएका आफन्त पनि टाढिए, केही बोल्दैनन्, अहिले आफ्न्त पर्नेको घरमा बस्दै आएका छौं ।’
उमेरले भर्खर ३१ वर्ष टेक्दै गरेकी सुबेदीले उपचारका लागि सहयोगको याचना गर्दै रोगमुक्त भई पूरानै दैनिकीमा फर्किन मन लागेको सुनाइन् ।
सम्बन्धित खबर
गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाइने
नागीधार महोत्सव एक दिन थप
अध्यादेश ल्याउनु अहिलेको आवश्यकता हो : सञ्चारमन्त्री गुरुङ
विद्यार्थी घटेपछि पर्वतका दुई क्याम्पस गाभिए
तनहुँमा बसबाट खसेर सहचालक पोखराका युवकको मृत्यु
तेस्रो वडा अध्यक्ष कपको उपाधि बौदीकालीलाई
यो पनि पढौँ
स्याङ्जाका निरजलाई आठौं पटक ठेलोको उपाधि
तनहुँमा बसबाट खसेर सहचालक पोखराका युवकको मृत्यु
पर्वतको कुश्मामा कपास उद्योगमा आगलागी
पोखराको ढुंगेसाँघु मेला निरन्तर