पोखराका यी क्षेत्रमा सोमबार दिनभर विद्युत सेवा अवरुद्ध हुनेछ (सूचनासहित)

पोखराका यी क्षेत्रमा सोमबार दिनभर विद्युत सेवा अवरुद्ध हुनेछ (सूचनासहित)

lamachaur batulechaur gharmi 1

पोखराका विभिन्न क्षेत्रमा सोमबार दिँउसो विद्युत सेवा अवरुद्ध हुने भएको छ ।

विद्युत प्राधिकरणको पोखरा वितरण केन्द्रले दिएको जानकारी अनुसार तातोपानी फिडर अन्तर्गत पर्ने क्षेत्रहरु लामाचौर, बाटुलेचौर, अर्मला, घार्मी, पुरनचौर, लाहाचोक, घाचोक, दीप, भुर्जुङखोला लगायतका क्षेत्रमा सेवा अवरुद्ध हुन लागेको छ ।

सोम‍बार पूर्वान्ह साढे १० बजेदेखि अपरान्ह ४ बजेसम्म विद्युत सेवा अवरुद्ध हुन लागेको हो । रुखका हाँगा तथा बाँस काट्ने कार्य गर्नुपर्ने भएकाले विद्युत सेवा अवरुद्ध गर्नु परेको प्राधिकरणको भनाई छ ।

सोमबार मौसम अनुकुल नरहेमा सेवा प्रवाहमा केही फेरबदल हुन सक्ने पनि जानकारी दिइएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ