आफ्नै श्रीमती हत्या गरेको आरोपमा श्रीमान् पक्राउ

आफ्नै श्रीमती हत्या गरेको आरोपमा श्रीमान् पक्राउ

बाँके । बाँकेमा श्रीमतीलाई कुटपिट गरी हत्या गरेको आरोपमा एक जना पक्राउ गरेका छन् ।

पक्राउ पर्नेमा कोहलपुर नगरपालिका–३ भगरीया बस्ने ३४ वर्षीय प्रकाश न्यौपाने रहेका छन् ।

प्रकाशले आफ्नै श्रीमती लक्ष्मीलाई कुटपिट गर्दा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो ।

घाइते लक्ष्मीको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ