काठमाडौँ । नेकपा एमालेका उपमहासचिव एवम् पूर्वअर्थमन्त्री विष्णु पौडेलले सरकारले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काममा अवरोध गरिरहेको आरोप लगाएका छन् ।
शनिबार रुपन्देहीको भैरहवामा निर्मित उद्योग व्यापार संगठनको कार्यालय भवनको उद्घाटन गर्दै पौडेलले यस्तो बताएका हुन्।
विमानस्थलको दोस्रो चरणको काम तत्काल अघि बढाउन सरकारसँग माग गर्दै उनले एसियाली विकास बैंकसँग शीघ्र सम्झौता गरेर बजेटको आवश्यक व्यवस्था मिलाउन सचेत गराए ।
पौडेलले भने–‘यो आयोजना अगाडि बढाउनका लागि सरकारले कुनै पनि प्रकारको विलम्ब ग¥यो भने हाम्रा निम्ति मान्य हुनेछैन। हामी सशक्त ढंगले जवाफ दिनेछौँ । सेकेन्ड इन्टरनेशनल एयरपोर्टको सेकेन्ड फेजको काम सम्पन्न गर्नका लागि सरकारलाई विनाआनकानी ‘काउन्टर पार्ट फण्ड’ सुनिश्चित गर्न, एडीबीसँग यथाशिघ्र सम्झौंता गर्न र नयाँ ढंगले सेकेन्ड फेजको काम अघि बढाउनका निम्ति हामीले दबाबकारी भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता छ ।’
उनले गृहजिल्ला रुपन्देहीलाई देशकै नमुना जिल्ला हुने गरी विकास गर्न आफू अर्थमन्त्री हुँदा बजेट विनियोजन गरेको बताए ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो