ओलीको अभिव्यक्ति मानसिक सन्तुलन गुमाएको जस्तो : झाँक्री

ओलीको अभिव्यक्ति मानसिक सन्तुलन गुमाएको जस्तो : झाँक्री

ramkumar jhakri

नेकपा (एकीकृत समाजवादी) की सचिव रामकुमारी झाँक्रीले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले मानसिक सन्तुलन गुमाएको जस्तो अभिव्यक्ति दिने गरेको आरोप लगाएकी छन् ।

विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीसँग कुरा गर्दै उनले ओली यतिबेला विक्षिप्त भएकाले यस्ता खालका अभिव्यक्ति दिने गरेको बताएकी हुन् । ‘हिजोसम्म हामी अदालतको निर्णय कुरेर बस्नु परेकाले अगाडि बढ्न सकेका थिएनौं, अब चाँडै प्रदेश सरकारको पनि टुंगो लगाउँछौं,’ उनले भनिन् ।

झाँक्री मोरङको बेलबारीमा युवा संघको कार्यक्रमलाई सम्बोधन गर्न आएकी हुन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds