काठमाडौंमा दशैंका लागि कपडा अर्डर गरेर पोखरा फर्कँदै गर्दा बिहिबार राति पोखरेली व्यवसायी प्रेमबहादुर भुजेलसहित ४ जना कार दुर्घटनामा परे ।
मध्येरात १२ बजेतिर नाग्दीखोला भन्ने ठाउँको घुम्तीबाट त्रिशूली नदीमा खस्दा भुजेल र दुई जना अझै वेपत्ता छन् । कार दुर्घटनामा प्रेमसहित पोखरा १७ का लेखबहादुर भुजेल र ईश्वरी भुजेल पनि त्रिशूलीमा हराएका हुन् ।
कारमा सवार रुद्र सुवेदी ढोकाबाट उछिट्टिएर बाँच्न सफल भए । उनलाई भरतपुरमा उपचारपछि पोखरा ल्याइएको छ । कारको टुक्राहरु बाहेक अरु केही फेला पार्न सकिएको छैन । शुक्रबार दिनभर खोजी गर्दा पनि प्रेमसहित ३ जना नभेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
ड्रोन उडाएर त्रिशूलीको किनारैकिनार खोजी गरिएको छ भने सशस्त्रका गोताखोरले पनि खोजेको थियो । खोजी कार्यलाई शनिबार पनि जारी राखिएको छ । नाग्दीखोला क्षेत्र अत्यधिक दुर्घटना भइरहने ठाउँ भएको प्रहरीको भनाई छ ।
प्रेम पोखरा चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष हुन् । उनी असोज २ गते तेस्रो साधारणसभा तथा पहिलो अधिवेशनबाट वरिष्ठ उपाध्यक्ष चुनिएका थिए । नेकपा (एमाले) को जनवर्गीय संगठन नेपाल उद्योग तथा व्यवसायी महासंघ कास्कीको सदस्य पनि हुन् । कपडा व्यवसायी संघ कास्कीका पूर्वअध्यक्ष रहेका उनी पोखरा उद्योग वाणिज्य संघका पूर्वसदस्य पनि हुन् ।
हंसपुरका उनी प्रकृति सप्लायर्सका सञ्चालक हुन् । कपडा व्यवसायी भुजेल दसैंका लागि कपडा किनमेल गर्न काठमाडौं गएका थिए ।
घाइते अवस्थामा फेला परेका रुद्र सुवेदीले आफूलाई दुर्घटना कसरी भयो भन्नेबारे थाहा नभएको प्रहरीसँगको सोधपुछमा बताएका छन् । एक्कासी ड्याम्म आवाज आएको र आफू रुखमा अड्किएको उनले सुनाएका छन् ।
त्रिशुलीमा कार दुर्घटनाः पोखरा चेम्बरका बरिष्ठ उपाध्यक्ष भुजेलसहित ३ बेपत्ता, १ घाइते
सम्बन्धित खबर
नेपाली सिनेमाको विकासको विकास हुन नसक्नुमा सरकारको नीति वा नियतबारे प्रश्न
रिलदेखि एआईसम्म आउँदा स्मरण क्षमता कमजोर, मेहनत कम
‘अहिलेका गीत संगीतमा प्याकेज बन्न छोडे’
‘नेपाली सिनेमामा आदिवासी र सिमान्तकृतको स्वर दबिएको छ’
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
सामूहिक आलुखेतीमा जुट्दै स्याङ्जाका किसान
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो