ईपीएल क्रिकेट आजदेखिः उद्घाटन खेलमा काठमाडौँ र ललितपुर भिड्दै

ईपीएल क्रिकेट आजदेखिः उद्घाटन खेलमा काठमाडौँ र ललितपुर भिड्दै

epl_logo

काठमाडौँ । एभरेष्ट प्रिमियर लिग (ईपीएल)को चौथो संस्करण आजदेखि सुरु हुँदैछ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आजदेखि सुरु हुन लागेको हो । उद्घाटन खेलमा दिउँसो सवा १२ बजे ललितपुर प्याट्रीयट्स र काठमाडौँ किङ्ग्स इलाभेन खेल्दैछन् ।

ललितपुर साविकको विजेता पनि हो । ज्ञानेन्द्र मल्लले नखेल्ने भएपछि ललितपुरको कप्तानी कुशल भुर्तेलले गर्दैछन् । ललितपुरमा श्रीलङ्काका ओशाडा फर्नान्डो, सनदुन विराकोडी, अफगानिस्तानका आजमतुल्लाह ओमरजाई, इङ्ग्ल्यान्डका एलेक्स ब्लाके लगायत खेलाडी छन् भने सन्दीप लामिछाने कप्तान रहेको काठमाडौँमा पाकिस्तानी क्रिकेट स्टार शाहिद अफ्रिदी, अफगानिस्तानका रहमान उल्लाह गुर्बाज, सिङ्गापुरका जनक प्रकाश लगायतका खेलाडी रहेका छन् ।

प्रतियोगितामा काठमाडौं किङ्स–११, विराटनगर वारियर्स, ललितपुर प्याट्रिओट्स, भैरहवा ग्लाडिएटर्स, पोखरा राइनोज र चितवन टाइगर्स गरी ६ टिम सहभागी हुने छन् ।

प्रतियोगिताको विजेताले ५० लाख रुपैयाँ र उपविजेताले १५ लाख पाउनेछ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ