काठमाडौँ । नेपाल सरकारले सेनेटरी प्याडमा कर लगाउने निर्णय गरेको भन्दै नेकपा (एमाले) निकट अनेरास्ववियुले विरोध जनाएको छ।
विश्वको करिब चार अर्व र नेपालका करिब एक करोड पचास लाख महिलाले प्रयोग गर्ने सेनेटरी प्याडमा वर्तमान सरकारले लगाएको १० प्रतिशत भन्सार शुल्क र १३ प्रतिशत भ्याट प्रति गम्भीर ध्यानाकर्षण भएको अनेरास्ववियुले जनाएको छ।
शुक्रबार प्रेस वक्तव्य जारी गर्दै अनेरास्ववियुले महिलाको संवेदनशीलताप्रति बेवास्ता र विभेद भएको भन्दै आपत्ति प्रकट गरेको छ ।
‘सरकारले लगाएको १० प्रतिशत भन्सार शुल्क र १३ प्रतिशत भ्याटप्रति अनेरास्ववियुको गम्भीर ध्यानाकर्षण भएको छ,’ अध्यक्ष सुनिता बरालले जारी गरेको वक्तव्यमा उल्लेख छ ।
अनेरास्ववियुले केपी ओली नेतृत्वको सरकारले आर्थिक वर्ष ०७६÷०७७ देखि नै सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरुको लागि निशुल्क रुपमा उपलब्ध गराउँदै आएको स्मरण गर्दै सो कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी बनाउँदै विश्वविद्यालयमा अध्ययनरत छात्राहरुका लागि समेत निशुल्क र अनिवार्य सेनेटर प्याड उपलब्ध हुने व्यवस्था गर्न सरकारसँग माग गरेको छ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो