काठमाडौंबाट पोखरा आउँदै गरेको कार चितवनको मुग्लिन नजिक इच्छाकामना गाउँपालिका वडा नं. ५ स्थित नाग्दी खोलाबाट त्रिशूली नदीमा खस्दा तीन जना बेपत्ता भएका छन् ।
ग.२ च ४९१८ नम्बरको कार गएराति पौने १२ बजेतिर अनियन्त्रित भई सडकबाट करिब ३५ मिटर तल त्रिशूली नदीमा खस्दा चालक सहित तीनजना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
बेपत्ता हुनेमा कार चालक पोखरा महानगरपालिका वडा नं. १७ का ५५ वर्षका प्रेम बहादुर भुजेल, सोही स्थानका ५५ वर्षका लेख बहादुर भुजेल र उनकी श्रीमती ३६ वर्षीया ईश्वरी भुजेल छन् ।
कार दुर्घटनामा परी पोखरा महानगरपालिका–१७ का ४६ वर्षीय रुद्रलाल सुवेदी घाइते भएका छन् । उनको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेज (पूरानो मेडिकल कलेज) मा उपचार भइरहेको छ । बेपत्ता भएकाको खोजी जारी रहेको प्रहरीले जनाएको छ । चितवन प्रहरीले राति पौने २ बजेतिर घटनाको जानकारी पाएको थियाे ।
प्रेम भुजेल पोखरा चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष हुन्। उक्त दुर्घटनामा परेको कार पनि भुजेलकै हो । यही असोज २ गते सम्पन्न पोखरा चेम्बर अफ कमर्शको तेस्रो साधारणसभा एवं प्रथम अधिवेशनबाट भुजेल वरिष्ठ उपाध्यक्ष पदमा निर्वाचित भएका थिए ।
भुजेल कपडा व्यवसायी संघ, कास्कीको पूर्व अध्यक्ष, पोखरा उद्योग वाणिज्य संघको पूर्व कार्यसमिति सदस्य, नेकपा (एमाले) को जनवर्गीय संगठन नेपाल उद्योग तथा व्यवसायी महासंघ कास्कीको सदस्य हुन् । हंसपुरका उनी प्रकृति सप्लायर्सका सञ्चालक हुन् ।

तस्वीरः ईच्छाकामना एफएम
सम्बन्धित खबर
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरा आएर एमाले महासचिवले भने : मेयर हारेको विषयबाट पाठ सिकेर एकढिक्का हुनुस्
पड्किएको बेलुन बेच्ने कमलेश हाजिरी जमानीमा रिहा
घर–घर पुगेर जनता भेट्दै एमाले, कास्कीमा शुक्रबारदेखि अभियानको सुरूवात
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो