पोखरा । नेपाली कांग्रेसको १४ औं महाधिवेसनमा पोखरा महानगर कार्यसमिति सह–सचिव पदमा संघर्स कोइरालाले उम्मेद्वारी दर्ता गरेका छन् ।
लामो समय बिद्यार्थी राजनीतिमा रहेका कोइराला निवर्तमान नेविसंघ कास्कीका सचिव रहेर बिद्यार्थी राजनीतिमा आफ्नो राम्रो पहिचान बनाइ सकेका छन् । नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज उमेद्वार मनोनयन दर्ताको कार्यक्रम भएको थियो ।
बेलायतबाट स्नातक गरेका कोइरालाले हाल एमपी जि डिमा स्नातकोत्तर गर्दैछन् । बिद्यार्थी राजनीतिमा बौद्धिक नेता भनेर चिनिने कोइरालाले महानगर कार्यसमिति सह–सचिवमा दिएको उम्मेद्वारी सम्पूर्ण युवाहरुको प्रतिनिधित्व गर्दै दिएको बताएका छन् ।
उम्मेद्वारी दर्ता गर्दै कोइरालाले भने “अग्रजलाई सम्मान, युवालाई प्रोत्साहन” भन्ने प्रतिबद्धतासहित पोखरा महानगर समितिको सह–सचिवमा आफुले बिजय हुने विश्वास लिएको बताए । साथै कोइरालाले शुभेच्छुकहरु, क्षेत्रिय प्रतिनिधिज्युहरुलाई आफुलाई अमुल्य मत प्रदान गरी युवाहरुलाई प्रोत्साहन गर्न समेत अनुरोध गरेका छन् । सम्पूर्णको सहयोग आफुलाई रहेको हुँदा काङ्ग्रेसको महानगर समितिमा बिजय भएपछि जिम्मेवार पूर्वक सबै युवाहरुको प्रतिनिधित्व गरेर काम गर्ने र आउने स्थानीय निर्वाचनमा महानगरमा काङ्ग्रेसलाई बिजय गराउने गरेर आफुले संगठन निर्माण गर्दै काङ्ग्रेसलाई बलियो बनाउने प्रतिबद्धता समेत व्यक्त गरे ।
मनोनयन दर्ता पछि कोईरालाले भने- “मेरो उमेद्वारी अग्रजलाई सम्मान, युवालाई प्रोत्साहन, युवा नेतृत्व स्थापित गर्नका निम्ति हो ।” गतिशिल, सबल, सुदृढ सङ्गठन निर्माणका लागि नै मेरो उम्मेद्वारी रहेको हुँदा सबै प्रतिनिधिले सहयोग गरि बिजयी बनाउन अनुरोध समेत गरेका छन् ।
सम्बन्धित खबर
रोटरी क्लबद्वारा हाईकिङको माध्यमबाट कास्कीकोटको प्रवर्द्धन
लामाचौरमा शिव दर्शन यात्रा, घार्मीमा शिव महिमा
पोखरामा लागू औषध गाँजासहित एकजना पक्राउ
कास्कीमा एकनाले भरुवा बन्दुकसहित १ जना पक्राउ
म्याग्दीका तुल्सी पुन कोरियामा मृत फेला
छोराको सम्झनामा जसले आफ्नो सबै सम्पत्ति प्रतिष्ठानमा सुम्पिए
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखराका सामाजिक अगुवा लीलाभक्त आचार्यको निधन