पोखरा जेसीजको बार्षिक कार्यक्रम जेसीज सप्ताह २०२१ को सात दिन विविध कार्यक्रमहरु गरी सकिएको छ ।
शिक्षा, स्वास्थ्य, कृषि र उद्यमशीलतालाई प्राथमिकतामा राखी सम्पन्न सप्ताहव्यापी कार्यक्रम सप्ताहको पहिलो दिन उद्घाटन तथा मणिज्योति आधारभुत विद्यालयमा लाइब्रेरी स्थापना, दोस्रो दिन पोखरा महानगरपालिका वडा नं. ३ मा कौसी खेती तालिम, तेस्रो दिन जिल्ला कारागार कास्कीमा रहेका महिला कैदी तथा महिला प्रहरीहरुलाई पुनः प्रयोग योग्य स्यानिटरी प्याड निर्माण सम्बन्धी तालिम, चौथो दिन अनलाईन मार्फत उद्यमीसङ्ग युवा विषयक अन्तरकृया, पाँचौ दिन अनलाईन मार्फत कोभिड पश्चात् अपनाउनु पर्ने स्वास्थ्य सम्बन्धी सचेतना र परामर्श कार्यक्रम, छैटौं दिन संविधान विषयक अन्तरकृया सहित दीप प्रज्वलन र सातौ दिन गण्डकी युवा वक्ता कार्यक्रमको आयोजना तथा समग्र सप्ताह कार्यक्रमको समापन गरिएको हो ।
अन्तिम दिन गण्डकी युवा वक्ताको तेस्रो संस्करण भएको थियो । उक्त प्रतियगितामा सुष्मा आचार्य (पोखरा) प्रथम, बिपना सापकोटा (पर्वत) दोश्रो र बिना रेग्मी (स्याङ्जा) तेश्रो हुन सफल भए ।
समापन समारोह गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्माको प्रमुख अतिथ्यता तथा पोखरा जेसीज बर्ष २०२१ का अध्यक्ष किरण केसीको अध्यक्षतामा सम्पन्न भएको थियो।
कार्यक्रममा पूर्व अध्यक्षसन्तोष पोख्रेल, सिनेटर ईश्वर प्रसाद कर्माचार्य, हिसान कास्कीका नि.अध्यक्ष डा. राम्जी शर्मा, पोखरा लेडी जेसीजकी अध्यक्ष कमला शर्मा कंडेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
सम्बन्धित खबर
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
तस्वीरमा लमजुङको घलेगाऊँ
मुग्लिन–पोखरा बाटो सहज बन्दै
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
नेपाली सिनेमाको विकास हुन नसक्नुमा सरकारको नीति वा नियतबारे प्रश्न
रिलदेखि एआईसम्म आउँदा स्मरण क्षमता कमजोर, मेहनत कम
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने