पोखरा बहुमुखीमा विद्यार्थीलाई खोप लगाइयो, भौतिक कक्षा सुरु

पोखरा बहुमुखीमा विद्यार्थीलाई खोप लगाइयो, भौतिक कक्षा सुरु

pmc vac (1)

पोखरा । पोखराको नयाँबजारस्थित पोखरा बहुमुखी क्याम्पसका विद्यार्थीहरुलाई आज कोरोना विरुद्धका खोप ‘भेरोसेल’ लगाइएको छ ।

त्रिभुवन विश्वविद्यालयले सुरक्षाको मापदण्ड अपनाएर भौतिकरुपमै कक्षा सञ्चालन गर्न निर्देशन दिएपछि क्याम्पसले सम्भव भएसम्म विद्यार्थीलाई खोप प्रदान गर्ने तयारी थालेको थियो । सोही तयारीस्वरुप पोखरा महानगर स्वास्थ्य महाशाखाको समन्वयमा खोप उपलब्ध गराइएको क्याम्पस प्रमुख शिशुकला पराजुलीले जानकारी दिइन् ।

‘कक्षा सञ्चालनभन्दा पनि विद्यार्थीलाई सुरक्षित वातावरण उपलब्ध गराउनु आवश्यक ठान्यौ’ प्रमुख पराजुलीले भनिन् ‘हामीले महानगरको स्वास्थ्य शाखासँग अनुरोध गरेपछि आज विद्यार्थीलाई खोप प्रदान गरेका छौं ।’ अझै केही विद्यार्थीहरु पोखरा बाहिर भएको जनाउँदै पराजुलीले यथाशक्य खोप प्रदान गर्ने बताइन् । आज क्याम्पस परिसरमा २ सय ५२ विद्यार्थीले भेरोसेलको पहिलो डोज लगाएका छन् ।

पहिलो डोज लगाएका विद्यार्थीलाई निर्धारित समयमा दोस्रो डोज उपलब्ध गराउने क्याम्पस प्रशासनले जनाएको छ । यससँगै बिहीबारदेखि सुरक्षाको सम्पूर्ण मापदण्ड अपनाई भौतिकरुपमै कक्षा सञ्चालन हुने भएको छ ।

विश्वविद्यालयबाट ‘क्यूएए’ प्रमाणपत्र लिने तयारीमा रहेको क्याम्पसले पोखराको शान्तिवन नजिकै आफ्नै स्वामित्वको जग्गामा भवन निर्माण सुरु गरेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ