बैशाखमा निषेधाज्ञा लगाएसँगै बन्द रहेको मुक्तिनाथ मन्दिर सर्वसाधारणका लागि खुला हुने भएको छ ।
हिमालपारिको जिल्लाका रुपमा चिनिने मुस्ताङमा रहेको प्रसिद्ध मुक्तिनाथ मन्दिर यही असोज १० गतेदेखि सर्वसाधारणका लागि खुला गरिने भएको हो ।
कोरोना महामारी पछि गत वैशाखदेखि बन्द रहेको मन्दिर सर्वसाधारणका लागि पूजा पाठका लागि खुला गर्ने निर्णय भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले बताए । उनले मंगलबार मुस्ताङमा बसेको कोभिड–१९ संकट व्यवस्थापन समितिको बैठकले संक्रमण दर घटेको भन्दै मन्दिर खुला गर्ने निर्णय गरेको बताए ।
मुस्ताङ प्रबेश गर्नका लागि कोरोना परीक्षण गरेको पीसीआर परिक्षण रिपोर्टका आधारमा मात्रै जिल्ला प्रबेश गर्न पाउने व्यवस्था गरिएको उनले बताए । प्रमुख जिल्ला अधिकारी पौडेलका अनुसार पिसीआर गरेको ७ दिन र एन्टिजिन गरेको ७२ घण्टा भित्रको रिपोर्टका आधारमा मात्रै जिल्ला प्रबेश दिइने निर्णय भएको छ ।
कोरोना खोप लगाएका कर्मचारी तथा सर्वसाधारणले सहज प्रबेश पाउने छन् । सरकारले सहर बजारका पार्टी प्यालेसदेखि विभिन्न प्रतिष्ठान र विद्यालय सम्म खोल्ने निर्णय गरे पछि मुस्ताङमा समेत कोभिड–१९ संकट व्यवस्थापन समितिले ६ महिनाबाट बन्द रहेको मन्दिर खुला गर्ने निर्णय गरेको हो ।
सम्बन्धित खबर
पोखरा-जोमसोम हवाई उडानको सङ्ख्या घट्यो
मुस्ताङमा ९ महिनामा झण्डै ४ लाख पर्यटक भित्रिए
मुस्ताङमा लेक लागेर एक वर्षमा ११ पर्यटकको मृत्यु
मुस्ताङका पत्रकार सुन्दरकुमार थकाली सम्मानित
दुई महिनापछि खुले मुस्ताङका विद्यालय, शैक्षिक सत्र सच्याउन माग
मुस्ताङमा बने थप तीनवटा मोटरेबल पुल
यो पनि पढौँ
३५ मिनेट वान टु वान भेटपछि मोदीले नेपाली भाषामा र ओलीले हिन्दी भाषामा के लेखे ?
आँधीखोला गाउँपालिकामा शुक्रबार शोक बिदा
कास्कीमा हिमपहिरोमा हराइरहेका चिनियाँ नागरिकको शव फेला
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अर्बौं भ्रष्टाचार भएको संसदीय छानबिनको ठहर