नागढुंगा स्थित तिवारी फोम हाउसमा आगलागी, ६५ लाखको क्षति

नागढुंगा स्थित तिवारी फोम हाउसमा आगलागी, ६५ लाखको क्षति

242319136_865792207657321_795627813276435572_n (1)

पोखराको नागढुंगास्थित तिवारी फोम हाउसमा आगलागि भएको छ । मंगलबार राती करिब ९ बजेको समयमा आगलागि भएको पसलका सञ्चालक थानेश्वर तिवारीले जानकारी दिए । पसलमा आगलागि हुँदा फोम, म्याट्रेस, कुशन कार्पेट लगायतका वस्तुहरु जलेर नष्ट भएको तिवारीले बताए ।

ध्रुव राजभण्डारीको घर भाडामा लिएर तिवारीले पसल सञ्चालन गर्दै आएका थिए । पसलमा भएको आगलागिबाट करिब ६५ लाख बराबरको क्षति भएको उनले बताए । पोखरा महानगरको बारुणयन्त्र, स्थानीय र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिईएको र मानवीय क्षति भने नभएको बताईएको छ ।

विगत १० वर्षअघि सुरु भएको उक्त पसल न्यूरोडमा सञ्चालित रहेकोमा एक महिना अघिमात्र उक्त ठाउमा स्थान्तरण गरिएको थियो । चट्याङका कारण विद्युत सर्ट भई आगलागि भएको हुनसक्ने अनुमान गरिएको छ । तर आगलागिको कारण भने खुल्न सकेको छैन । घटनाबारे थप अनुसन्धान भईरहेको कास्की प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds