काठमाडौँ । नेपाली कांग्रेसको पदाधिकारीको बैठक आज बस्दै छ ।
दिउँसो तीन बजे देउवाको निजी निवास बूढानीलकण्ठमा बस्ने बैठकमा सरकारमा सहभागी हुने मन्त्री छनोट र आसन्न महाधिवेशनबारे छलफल हुने जनाइएको छ ।
मङ्गलबार बसेको सत्ता गठबन्धनको बैठकमा कांग्रेस नेता डा नारायण खड्कालाई तत्काल परराष्ट्रमन्त्रीमा नियुक्त गर्ने सहमति भएको थियो ।
पदाधिकारी बैठकमा सोबारे पनि छलफल हुने बताइएको छ । बैठकबाटै मन्त्री नियुक्तीको निर्णय गराउन आज बैठक बोलाईएको अनुमान गरिएको छ । संभव भएसम्म डा. खड्कालाई आजै पद तथा गोपनीयताको शपथ खुवाउने तयारी छ । त्यसलगत्तै उनी राष्ट्रसंघको महासभामा भाग लिन न्युयोर्क जाने बुझिएको छ ।
यसैगरी कांग्रेसको महाधिवेशनअन्तर्गत वडा अधिवेशन हुन बाँकी जिल्लाको अधिवेशनको नयाँ मितिका बारेमा पनि आवश्यक निर्णय हुने बताइएको छ ।
सम्बन्धित खबर
प्रधानमन्त्रीको बीआरआई लक्षित टिप्पणी: ऋण लिने हाम्रो अवस्था छैन
नेपालका को–को नेता पुगे कम्बोडिया ?
देशका दुई ठूला दलले शक्ति प्रदर्शन गर्दै
‘प्रधानमन्त्रीकै नागरिकता र हस्ताक्षर किर्ते गर्नेले कसैको बाँकी राख्दैन’
कांग्रेस–एमालेको सहमतिमा चीन भ्रमणका एजेन्डा तय हुन्छ : गृहमन्त्री लेखक
बीआरआई सम्झौताबारे एमालेसँग साझा धारणा बनाएर अघि बढ्छौं : गगन थापा
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते