एक दिनमा ४० मिनेटमात्र टिकटक चलाउन पाइने केही समय अगाडि सार्वजनिक एक रिपोर्ट अनुसार विश्वमा प्रयोगकर्ताहरुले सबैभन्दा धेरै समय बिताउने एपको पहिलो स्थानमा टिकटक रहेको छ ।
विश्वमा अत्यन्तै लोकप्रिय भिडियो शेयरिङ एप टिकटक चीनमा चाहिं डुइनको नामबाट उपलब्ध छ । डुइन चीनमा सर्वाधिक लोकप्रिय एपको रुपमा रहेको छ र यसका प्रयोगकर्ताहरुमा कम उमेरका किशोर किशोरीहरु अत्यधिक छन् ।
बालबालिकाहरुमा बढेको चिनियाँ टिकटकको लतलाई मध्यनजर गर्दै चीनले अब बालबालिकालाई एक दिनमा केवल ४० मिनेट मात्रै डुइन प्रयोग गर्न दिने भएको छ ।
आफ्नो वास्तविक पहिचानबाट डुइनमा खाता खोलेका १४ वर्षमुनिका प्रयोगकर्ताका लागि यो नियम लागू हुनेछ ।बालबालिकाहरुले बिहानको ६ बजेदेखि रातको १० बजेसम्मको अवधिमा केवल ४० मिनेट मात्रै डुइन चलाउन पाउनेछन् ।
चिनिया टिकटकको मातृ कम्पनी बाइटडान्सले एक ब्लगपोष्टमार्फत् डुइनमा युथ मोड को घोषणा गरेको छ । बालबालिकाहरुलाई डिजिटल अम्मलबाट जोगाउनका लागि यस्तो सीमा राख्ने आफू नै पहिलो प्लाटर्फम रहेको दाबी कम्पनीको छ ।
डुइन किशोरावस्थाका प्रयोगकर्ताका मामिलामा सबैभन्दा रहेको उनीहरुको सिकाइका लागि गुणस्तरीय सामग्रीहरु उपलब्ध गराउनका लागि कडा मेहनत गरिरहेको कम्पनीले जनाएको छ ।
डुइनले बालबालिकाका लागि प्लाटर्फम प्रयोगमा समयको पावन्दी लगाएसँगै युथ मोडमा विभिन्न शैक्षिक सामग्रीहरु पनि राखेको छ । जसमा विज्ञानका प्रयोग, संग्राहलय प्रदर्शनी तथा ऐतिहासिक व्याख्यालगायतका रहेका छन् ।
चिनियाँ टिकटक डुइनमा खाता खोल्नका लागि न्यूनतम उमेरको कुनै हद तोकिएको हुँदैन, अर्थात् जुनसुकै उमेरका बालबालिकाले पनि यसमा खाता खोल्न सक्दछन् । तर १८ वर्षभन्दा मुनिका प्रयोगकर्ताले खाता खोल्नका लागि अभिभावकको स्वीकृति लिनुपर्दछ । जबकि टिकटकमा खाता खोल्नका लागि न्यूनतम १३ वर्ष उमेर हुनु पर्दछ ।
चीन सरकारले किशोर किशोरीहरुको प्रविधिको अत्यधिक प्रयोगमाथि नियन्त्रण गर्ने कदम अगाडि बढाएसँगै डुइनले प्रयोगको समय सीमा निर्धारण गरेको हो ।
गत महीनादेखि चीन सरकारले १८ वर्षमुनिका किशोर किशोरी तथा बालबालिकाहरुलाई शुक्रबार र बिदाका दिनमा बाहेक भिडियो गेम खेल्न प्रतिबन्ध लगाएको छ ।
किशोर किशोरी तथा बालबालिकाहरुले अब शुक्रबार, सप्ताहन्त तथा विदाका दिनहरुमा मात्रै हरेक दिन केवल एक घण्टा भिडियो गेम खेल्न पाउनेछन् ।
त्यस्तै गत फेब्रुअरीदेखि चीनले विद्यार्थीहरुलाई विद्यालयमा फोन प्रयोगमा समेत प्रतिबन्ध लगाएको छ ।
-बीबीसी
सम्बन्धित खबर
कुलमानलाई स्पष्टीकरण सोध्ने मन्त्रिपरिषदकाे निर्णय
सरकारले ल्याएका पाँच अध्यादेश प्रतिनिधिसभाबाट स्वीकृत
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
यो पनि पढौँ
३५ मिनेट वान टु वान भेटपछि मोदीले नेपाली भाषामा र ओलीले हिन्दी भाषामा के लेखे ?
आँधीखोला गाउँपालिकामा शुक्रबार शोक बिदा
कास्कीमा हिमपहिरोमा हराइरहेका चिनियाँ नागरिकको शव फेला
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अर्बौं भ्रष्टाचार भएको संसदीय छानबिनको ठहर