गुल्मीमा पहिरो, एकै घरका तीन जनाको मृत्यु

गुल्मीमा पहिरो, एकै घरका तीन जनाको मृत्यु

pahiro

गुल्मी । गुल्मीमा पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।

गएराति गएको पहिरोले रेसुंगा नगरपालिका– ८ थुम्काका तिलक परियारको घर पुरिँदा सुतिरहेका छोरी २१ वर्षकी भावना परियार र १४ वर्षका जुम्ल्याहा छोरीहरु गंगा र जमुनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

राति करिब एक बजे घरमाथिबाट पहिरो आएपछि सुतिरहेका उनीहरुको पुरिएर मृत्यु भएको हो । घरका अन्य ब्यक्तिहरु भने सुरक्षित रहेको प्रहरीले जनाएको छ ।

नेपाली सेना र नेपाल प्रहरीले पहिरो हटाएर शव निकालेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds