पोखरा महानगरपालिका ३२ बडहरेकी ४८ वर्षीया महिलाको कानको रिङ लुट्ने पक्राउ परेका छन् । घाँस काट्न बारीमा गएका बेला ढुंगाले हानेर बेहोस बनाई एक तोलाको रिङ लुट्ने लुटेरा भोलिपल्टै पक्राउ परेका हुन् ।
मारियम गुरुङको कानको लोती काटी सुन लुटेको आरोपमा प्रहरीले माचिन तामाङलाई मंगलबार पक्रेको हो । उनको साथबाट लुटिएको २ वटा रिङ जस्ताको तस्तै फेला परेको प्रहरीले जनाएको छ । तामाङ मंगलबार तल्लो गगनगौंडबाट पक्राउ परेका हुन् ।
धादिङ घर भएका ४६ वर्षीय तामाङ अहिले पोखरा महानगरपालिका ३२ खुदीखोला बस्दै आएका थिए । उनी बाख्राभैंसी किनबेचको काम गर्ने पनि खुलेको छ । किन्ने र बेच्ने कामका लागि गाउँतिर गइरहने भएर गाउँबारे राम्रो जानकार रहेको पनि बुझिएको छ ।
सोमबार पूर्वान्ह ११ बजेतिरको समयमा गुरुङले घाँस काटिरहँदा एक्कासि छातीमा ढुंगाले हानेर बेहोस बनाई कानै काटेर आधा आधा तोलाको २ वटा बेरुवा रिङ लुटिएको थियो ।
बारी नजिकै घर भएका स्थानीयले देखेर हल्लाखल्ला गरेपछि आफन्तहरु घटनास्थल पुगेका थिए । बेहोस भइसकेकी मरियमको कानका २ वटा रिङ थिएनन् । घटनास्थलमा पुग्दा कानबाट रगत आइरहेको उनका श्रीमान् धनमान गुरुङले बताए । लगत्तै प्रहरीलाई खबर गरिएको थियो । र, घाइते गुरुङलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार गर्न ल्याइएको थियो । कानमा टाँका लगाएर गुरुङ घर फर्किसकेकी छिन् ।
एक तोलाको रिङ लुट्न पोखराकी गुरुङलाई ढुंगाले हानी बेहोस बनाई कान काटियो
सम्बन्धित खबर
रोटरी क्लबद्वारा हाईकिङको माध्यमबाट कास्कीकोटको प्रवर्द्धन
लामाचौरमा शिव दर्शन यात्रा, घार्मीमा शिव महिमा
पोखरामा लागू औषध गाँजासहित एकजना पक्राउ
कास्कीमा एकनाले भरुवा बन्दुकसहित १ जना पक्राउ
छोराको सम्झनामा जसले आफ्नो सबै सम्पत्ति प्रतिष्ठानमा सुम्पिए
पोखरामा सशस्त्रको ब्यारेकभित्रै मृत भेटिएकी इन्स्पेक्टर महतको पोष्टमार्टम
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखराका सामाजिक अगुवा लीलाभक्त आचार्यको निधन