अघिल्लो सरकारले नियुक्त गरेका सबै राजदूतलाई फिर्ता बोलाउने सरकारको निर्णय

अघिल्लो सरकारले नियुक्त गरेका सबै राजदूतलाई फिर्ता बोलाउने सरकारको निर्णय

Gyanendra-bahadur-karki-1

ओली सरकारले नियुक्ति गरेका सबै राजदूतहरू फिर्ता बोलाउने सरकारले निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रीपरिषदको बैठकले अघिल्लो सरकारले निर्णय गरेको सरकारका प्रवक्ता तथा कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

ओली सरकारको भारत, चीन, अमेरिका, बेलायत, जापान नियुक्त गरेका राजदूतहरु फिर्ता हुने भएका छन् । भारतका लागि निलाम्बर आचार्य, अमेरिका लागि पूर्वमन्त्री डा युवराज खतिवडा, चीनमा महेन्द्रबहादुर पाण्डे, बेलायतमा लोकदर्शन रेग्मी र जापानमा प्रतिभा राणा राजदूत छन् ।

यी सबै राजदूत अघिल्लो केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा नियुक्त भएका हुन् । प्रतिभा राणा प्रधानमन्त्री शेरबहादुर देउवाकी सासु हुन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ