एमाले अध्यक्ष केपी ओलीले आफूले ल्याएको विकासको योजना रोकेको भन्दै सरकारप्रति आक्रोश पोखेका छन् । श्वेतशार्दूल पुस्तक विमोचन कार्यक्रमलाई मंगलबार सम्बोधन गर्दै ओलीले आफूले अघि सारेका रणनीति सडकसमेत १४ सय सडक बजेटमा रोकेर सरकारले अशुभ संकेत देखाएको टिप्पणी गरे । ओली फुर्ति झार्छु भनेर एकैचोटि रोकिदिएको उनको गुनासो थियो ।
अलिकति दिउँसै ग्रहण लाग्यो भने ग्रहणतिर नहेर भन्छन् । अहिले देशमा ग्रहण लागेको छ । धेरै हेर्ने होइन । अशुभ छ । रणनीति सडकसमेत १४ सय सडक रोक्नु छ । बजेट आयोजना सबै खतम छ । क्या बात, उनले भने, झ्याप्प दाहिने खुट्टाले ब्रेक ठोक्यो । ल बना बाटो, ओली फुर्ति झार्छु भनेर एकैचोटि शेरबहादुरजीले नेतृत्व गर्नुभएको सरकारले रोकिदियो ।
सरकारले यता लाग्ने कि नलाग्ने भनेर कर्मचारीलाई धमक्याउने र दुस्ख दिने काम गरिरहेको ओलीको आरोप थियो । म त पेसाकर्मी हुँ । कुनैमा लाग्न मिल्दैन भन्दा भोलिपल्ट देखाइदिने, पठाइदिने । न त्यहाँ न डेरा पाइन्छ । न सवारीसाधन, उनले भने, कर्मचारीलाई अपायकमा सारिदिने, काखमा बच्चा भएको महिलालाई बच्चा थाम्नै नसक्नेगरी दुर्गममा सारिदिएको छ ।
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
सानो देशमा छु भन्ने हीनताबोध नराख्नुस्, सार्वभौमसत्ता सानो वा ठूलो हुँदैन: प्रधानमन्त्री ओली
प्रजातन्त्र दिवसमा प्रदेश प्रमुख भट्टको शुभकामना
एमालेसँग एकता सम्भव छैन, माओवादीमा मिल्दैछ भन्ने भ्रमबाट पनि मुक्त हुनुस्ः नेपाल
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने