काठमाडौँ । नेकपा एमालेका सांसद भैरवसुन्दर श्रेष्ठले सभामुख अग्निप्रसाद सापकोटाको राजीनामा मागेका छन् ।
आज मङ्गलबार राष्ट्रिय सभाको दोस्रो बैठकमा बोल्दै उनले सभामुखले दलहरुलाई समान व्यवहार नगरेको आरोप लगाउँदै राजीनामा माग गरेका हुन् ।
बैठक सुरु हुनासाथ यसअघि झैँ एमालेका सांसदहरूले उठेर बैठक अवरोध गरेका थिए ।
त्यसपछि राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सांसद श्रेष्ठलाई बोल्ने अनुमति दिएका थिए।
बैठकमा बोल्दै सांसद श्रेष्ठले आफ्नो पार्टीले दलको अनुशासन तोडेका १४ सांसदलाई कारबाही गरेको सिफारिसअनुसार उनीहरूलाई पदमुक्त नगरेर सभामुख सापकोटाले पदीय मर्यादालाई कायम गर्न नसकेको आरोपसमेत लगाए ।
‘कुनै पनि व्यक्ति आफ्नो कुर्सीमा बसिसकेपछि मर्यादा कसैले पनि उल्लङ्घन गर्न हुन्न । त्यो कुर्सीको गरिमालाई जोगाउनु चाँहि पर्छ । यदि कुर्सीको गरिमालाई जोगाउन सकिन्न भने, कुर्सीको महत्वलाई बुझ्न सकिन्न भने, त्यस्तो व्यक्तित्व कुर्सीमा बस्न लायकको हुँदैन र तत्काल उहाँ (सभामुख)ले एउटा निकास दिनुपर्छ । त्यो निकास भनेको राजीनामा हो’ श्रेष्ठले भने ।
सांसद श्रेष्ठले गैरसांसदहरूलाई सांसद भनेर संसदमा राखिन्छ भने त्यसले त्यो संसदको र संविधानको रक्षा हुन्छ कि हुँदैन ? भनेर प्रश्नसमेत गरे ।
उनले पार्टीले कारबाही गरेका १४ सांसदलाई पदमुक्त नगरेसम्म राष्ट्रिय सभा पनि चल्न दिने अवस्थामा आफ्नो पार्टी नरहेको स्पष्ट पारे ।
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
सानो देशमा छु भन्ने हीनताबोध नराख्नुस्, सार्वभौमसत्ता सानो वा ठूलो हुँदैन: प्रधानमन्त्री ओली
प्रजातन्त्र दिवसमा प्रदेश प्रमुख भट्टको शुभकामना
एमालेसँग एकता सम्भव छैन, माओवादीमा मिल्दैछ भन्ने भ्रमबाट पनि मुक्त हुनुस्ः नेपाल
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने