काठमाडौँ । नेपाली कांग्रेसले आज (मंगलबार) विभिन्न सात जिल्लामा वडा अधिवेशन गर्दै छ। काठमाडौँसहित काभ्रे, सिन्धुपाल्चोक, कपिलबस्तु, बर्दिया, बाजुरा र मोरङमा वडा अधिवेशन हुन लागेको हो ।
आज हुने अधिवेशनबाट वडा सभापति, कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन हुनेछन्।
भदौ १८ देशभरका छ हजार सात सय ४३ वडामा एकै दिन अधिवेशन गर्ने भने पनि ५७ जिल्लामा मात्रै अधिवेशन भएको थियो।
बाँकी २० जिल्लामा आज अधिवेशन गर्ने भने पनि तीमध्ये १३ जिल्लामा अधिवेशन हुन सकेको छैन।
क्रियाशील सदस्यतासम्बन्धी विवाद पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य द्वय मिनेन्द्र रिजाल र रमेश लेखकले मिलाए पनि कार्यान्वयनमा आइसकेको छैन।
क्रियाशील सदस्यताको सूची पार्टी वेबसाइटमा नराख्दा प्रदेश २ का ८ जिल्ला, रसुवा, डोल्पा, बाँके, कैलाली र सुर्खेतमा वडा अधिवेशन अन्योलमा परेको छ।
मोरङमा आज वडा अधिवेशन हुने भनिएपनि एउटा पक्ष अदालत पुगेको छ । सहमहामन्त्री सुनिलबहादुर थापा पक्षले अधिवेशन रोक्न माग गर्दै उच्च अदालत मोरङमा सोमबार रिट दिएको हो ।
थापा राप्रपा छाडेर काँग्रेस प्रवेश गरेका थिए। राप्रपा छाडेर थापासँगै काँग्रेसमा आएकाहरूले क्रियाशील सदस्यता नपाएको गुनासो गरिरहेका छन्।
समयमै वडा अधिवेशन हुन नसक्दा कांग्रेसले असोज ९ गते गर्ने भनेको गाउँ÷नगर अधिवेशन प्रभावित हुने भएको छ । वडा सभापति र क्षेत्रीय प्रतिनिधि गाउँ÷नगर अधिवेशनका मतदाता हुन्छन् । कांग्रेसले केन्द्रीय महाधिवेशन मंसिर ९ देखि १३ गतेसम्म काठमाडौँमा गर्ने बताएको छ ।
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
सानो देशमा छु भन्ने हीनताबोध नराख्नुस्, सार्वभौमसत्ता सानो वा ठूलो हुँदैन: प्रधानमन्त्री ओली
प्रजातन्त्र दिवसमा प्रदेश प्रमुख भट्टको शुभकामना
एमालेसँग एकता सम्भव छैन, माओवादीमा मिल्दैछ भन्ने भ्रमबाट पनि मुक्त हुनुस्ः नेपाल
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने