नेपाली काँग्रेसको नेतृत्वमा गठबन्धन सरकार बनेको गण्डकी प्रदेशमा १०० दिन पूरा भएको छ । गत २९ जेठमा एमालेका पृथ्वीसुब्बा गुरुङलाई विस्थापन गर्दै कांग्रेस, माओवादी, जसपा, राष्ट्रिय जनमोर्चा र एक स्वतन्त्र सांसदको गठबन्धन सरकार बनेको हो ।
कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वमा बनेको सरकारले ‘हनिमुन पिरियड’ पूरा गर्दा नियमित कामबाहेक उत्साहजनक काम केही भएको छैन । ३१ पानाको किताब नै छपाएर २९ आफूले गरेको काम सोमबार पत्रकारमाझ सार्वजनिक गरिएको छ । सामान्य विषयलाई पनि किताब नै प्रकाशन गरेर उपलब्धि देखाइएकोबारे पत्रकारले मुख्यमन्त्री पोखरेललाई प्रश्न पनि गरेका थिए । उनले प्रदेश सरकारको कामको विश्लेषण गर्ने जिम्मा पत्रकारलाई नै दिए ।
निकै सामान्य कामहरुले पाना भरिएका छन् । पत्रकार महासंघलाई फर्निचर दानदेखि तालिम, विचार लेखन प्रतियोगिता जस्ता कामलाई पनि गण्डकी सरकारले उपलब्धि मानेको छ । यस्तै, राजनीतिक नियुक्ति, प्रतिवेदन तयार, अन्र्तक्रिया लगायतलाई उपलब्धि ठानेको छ ।
सरकारले गर्नुपर्ने केही राम्रा काम पनि गरिएको छ ।कोभिडविरुद्धको पहिलो खोप ६ लाख ८५ हजार ५ सय ८० जनालाई र दोस्रो डोज खोप ५ लाख ९१ हजार ९ सय ४७ जनालाई दिइएको प्रदेश सरकारले जनाएको छ । साथै, कोभिडविरुद्धको तयारीका लागि आवश्यक जनशक्ति व्यवस्था, स्वास्थ्य उपकरण र अस्पतालको स्तरोन्नतिका कार्यलाई प्राथमिकताका साथ कार्यान्वयनमा ल्याइएको उपलब्धि पुस्तिकामा उल्लेख छ ।
क्यान्सरपीडित महिला र मनाङका बाढीपीडितको ‘घाउमा मलम’ लगाउने काम प्रदेश सरकारले गरेको छ । २९ जेठमा सरकार बनेलगत्तै बसेको पहिलो मन्त्रिपरिषद् बैठकले स्तन र पाठेघरको उपचार निःशुल्क गर्ने घोषणा गरेको थियो । त्यो कार्यान्वयन गर्ने तयारीमा प्रदेश सरकार छ ।
गण्डकी प्रदेशलाई सडक मानवमुक्त घोषणा गर्ने तयारीमा पनि प्रदेश सरकार छ । त्यसका लागि सडक आश्रित सहयोगापेक्षी मानव उद्धार, पुनर्स्थापना तथा व्यवस्थापन कार्यविधि, २०७८ स्वीकृत भइसकेको छ ।
१ सय दिनमा निजी धारा तथा आधारभूत खानेपानीमार्फत थप २.३३ प्रतिशत जनसंख्यामा आधारभूत खानेपानीको पहुँच पुगेको उपलब्धिमा उल्लेख छ । प्रदेशमा हालसम्म ९३.६३ प्रतिशत जनसंख्यामा आधारभूत खानेपानीको पहुँच पुगेको छ । सरकारले २० किलोमिटर सडक कालोपत्रे र १० किलोमिटर सडक ग्राभेल गरेको मुख्यमन्त्री पोखरेलले बताए ।
पृथ्वीसुब्बा नेतृत्वको सरकारको काम पनि आफ्नै दावी
लेखनाथस्थित संक्रामक तथा सरुवा रोग अस्पताल पृथ्वीसुब्बा नेतृत्वको सरकारले बनाएको हो । पोखरेल नेतृत्वको सरकारले आफूले नै त्यो काम थालेजस्तो गरी हनिमुन पिरियडको उपलब्धिमा अस्पतालको भवन निर्माणलाई देखाएका छन् । सरुवा रोग अस्पतालको भवन निर्माणको शिलान्यास पृथ्वीसुब्बा गुरुङले १० जेठमा गरेका थिए ।
गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान र गण्डकी विश्वविद्यालयको भवन निर्माणको काम पनि आफ्नै पालामा सुरु भएजस्तो गरी उपलब्धिमा देखाइएको छ । तर, सरुवा रोग अस्पतालको भवनसहित प्रतिष्ठान र विश्वविद्यालयको भवन निर्माणको काम पृथ्वीसुब्बा गुरुङकै पालामा अघि बढेको हो ।
गत फागुन तेस्रो हप्ता पोखरा आउँदा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रशिक्षण प्रतिष्ठानको भवनको शिलान्यास गरेका थिए । विश्वविद्यालयको भवनको काम पनि पृथ्वीसुब्बा मुख्यमन्त्री हुँदै गत वैशाख दोस्रो हप्ता सुरु भएको हो ।
[wp-embedder-pack width=”100%” height=”400px” download=”all” download-text=”” attachment_id=”83959″ /]
सम्बन्धित खबर
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरा आएर एमाले महासचिवले भने : मेयर हारेको विषयबाट पाठ सिकेर एकढिक्का हुनुस्
पड्किएको बेलुन बेच्ने कमलेश हाजिरी जमानीमा रिहा
घर–घर पुगेर जनता भेट्दै एमाले, कास्कीमा शुक्रबारदेखि अभियानको सुरूवात
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो