कोरोना परीक्षण नगरी अब गण्डकी प्रदेश प्रवेश गर्न नपाइने भएको छ । प्रदेश प्रवेश गर्ने सबै नाकामा एन्टिजेन परीक्षणको व्यवस्था गरिने प्रदेश सरकारले जनाएको छ ।
मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सोमबार आयोजित पत्रकार सम्मेलनमा कोरोना पोजिटिभ भए बस्नलाई छुट्टै व्यवस्था गरिने बताए । विज्ञहरूले कोरोना भाइरसको तेस्रो लहरको चेतावनी दिइरहँदा प्रदेश सरकारले चाडपर्वमा प्रदेश प्रवेशमा कडाइ गर्ने भएको हो ।
प्रदेश प्रवेश गर्ने तनहुँको मुग्लिङ, नवलपुरको त्रिवेणी, स्याङ्जाको राम्दीमा स्वास्थ्य परीक्षण बिट नै राखिने भएको हो । ‘नाकाहरूमा बिट राखेर कोरोना परीक्षण गर्छौं । कसैलाई संक्रमण देखिए छुट्टै राख्ने व्यवस्था गर्छौं,’ मुख्यमन्त्री पोखरेलले भने ।
तेस्रो लहरमा बालबालिका बढी प्रभावित हुने देखिएकाले त्यहीअनुसार बेड छुट्याएर उपचार गरिने मुख्यमन्त्री पोखरेलले बताए । गण्डकी प्रदेशमा अहिले दैनिक डेढ सयदेखि साढे दुई सय जनासम्म संक्रमित भेटिएका छन् ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार सोमबारसम्म गण्डकी प्रदेशमा ८४ हजार ४७६ जनामा कोरोना पुष्टि भएको छ । तीमध्ये ८१ हजार ४९१ जना कोरोनामुक्त भएका छन् भने १३ सय ४६ जनाको मृत्यु भएको छ ।
सम्बन्धित खबर
वालिङ्बाट लागूऔषधसहित पोखराका गुरुङ पक्राउ
राष्ट्रिय मगर एकता दिवसमा स्याङ्जाका आठ पालिकामा सार्वजनिक बिदा
मार्ग खुलेको १५ वर्षपछि सडक स्तरोन्नति
मोबाइल चोरी गर्ने स्याङ्जाका गुरुङ पक्राउ
पोखरा ३१ द्वारा कृषकहरुलाई लहरे बालीको बिउ वितरण
दरगाउँटारका १०० महिलाको पाठेघरको मुखको क्यान्सर परिक्षण
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो