एक तोलाको रिङ लुट्न पोखराकी गुरुङलाई ढुंगाले हानी बेहोस बनाई कान काटियो

एक तोलाको रिङ लुट्न पोखराकी गुरुङलाई ढुंगाले हानी बेहोस बनाई कान काटियो

ring

पोखरामा घाँस काटिरहेकी महिलालाई ढुंगाले हानेर बेहोस बनाई गहना लुटिएको छ । पोखरा ३२ बडहरे घर भएकी ४८ वर्षीया मरियम गुरुङको दुवै कान काटेर एक तोलाको रिङ लुटिएको हो ।

घरबाट एक सय मिटर पर बारीमा घाँस काट्न गएकी गुरुङलाई थाहै नपाई एक युवक एक्कासी आएर ढुंगाले घाँटीमा हानी बेहोस बनाएको उनका श्रीमान धनमान गुरुङले गण्डकन्यूजलाई जानकारी दिए । त्यसपछि ति युवकले दुवै कान काटेर आधा आधा तोलाको दुई वटा बेरुवा रिङ लिएर भागेका थिए ।

मरियम घाइते भएको नजिकै छिमेकी घरकाले देखेपछि होहल्ला गर्दा घरपरिवारले थाहा पाएका थिए । मरियमले रातोमा सेतो धर्का भएको सर्ट लगाएको पातलो मान्छे देखेको र उसको हातमा काट्ने हतियार पनि भएको बयान दिएकी छन् । आफूलाई ढुंगाले हानेपछि केही थाहा नपाएको उनले बताएकी छन् ।

घटनापश्चात् राजाको चौतारा प्रहरी कार्यालयबाट टोली घटनास्थल पुगेका थिए । तत्काल घाइते गुरुङलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पताल ल्याई कानमा टाँका लगाई थप उपचार गरिएको श्रीमान् धनमानले बताए । घटनापछि गाउँले त्रासमा छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds