काठमाडौँ । सरकारले प्रस्तुत गरेको विनियोजन विधेयक (बजेट) आज सोमबार पारित भएको छ।
नेकपा एमालेका सांसदको नाराबाजी र अवरोधकै बीचमा अर्थ मन्त्री जनार्दन शर्माले भदौको २५ गते संसदमा प्रस्तुत गरेको विनियोजन विधेयकलाई आज प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले निर्णयार्थ पेस गरेका थिए ।
आज प्रतिपक्षी एमालेले विरोध गरे पनि सत्तापक्षका बहुमत सांसदले विधेयक पारित गरेका हुन् ।
बजेट पारित भए पनि सरकारले तत्काल खर्च गर्न भने पाउने छैन। प्रतिनिनिधि सभाबाट पारित भएको विधेयक राष्ट्रिय सभाबाट पारित गराएर राष्ट्रपतिले प्रमाणीकरण नगरेसम्म सरकारले खर्च गर्न पाउँदैन।
आज प्रतिनिधि सभाबाट पारित भएको बजेट अब राष्ट्रिय सभाले पारित गर्नेछ । राष्ट्रपतिले प्रमाणित गरेपछि बल्ल सरकारले खर्च गर्न पाउनेछ । राष्ट्रिय सभाको बैठक भोलि मङ्गलबार बस्दैछ ।
प्रतिस्थापन विधेयक पारित हुन नसक्दा सरकारले भदौ ३० गते मध्यरातबाट खर्च गर्न नपाउने ’बजेट होलिडे’को अवस्था आएको थियो। त्यसयता सम्पूर्ण सरकारी खर्च रोकिएको अवस्था छ।
सरकारले प्रतिस्थापन विधेयकमार्फत् १४ अर्ब ७४ करोडले घटाएर १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेट पेस गरेको हो। पूर्ववर्ती सरकारले गत जेठ १५ मा अध्यादेशमार्फत् १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट ल्याएको थियो।
प्रतिस्थापन विधेयकमार्फत् सरकारले केही करका दरहरुसमेत परिवर्तन गरेको छ। सामाजिक सुरक्षाका केही नयाँ कार्यक्रमसमेत प्रतिस्थापन विधेयकमा समेटिएका छन्।
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
कक्षा ११ र १२ को पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक
धादिङबाट जन्ती पुर्याएर फर्किएको बस काभ्रेमा दुर्घटनाः एक जनाको मृत्यु, चालक गम्भीर
देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने