पोखरा। पर्खाल भत्काउने क्रममा पर्खालले च्यापिएर एक युवकको मृत्यु भएको छ।
पोखरा महानगरपालिका -१३ बाझापाटन स्थित बालकल्याण माध्यामिक विद्यालयको पुरानो पर्खाल भत्काउने क्रममा सोही पर्खालले च्यापिएर युवकको मृत्यु भएको प्रहरी वरिष्ठ उपरीक्षक नर बहादुर केसीले जानकारी दिए।
मृत्यु हुनेमा भारत वेतिया जिल्ला बसन्तपुर घर भइ हाल पोखरा -१३ मियापाटन बस्दै आएका अन्दाजी २० वर्षीय रितेश राम रहेका छन् ।
केसीका अनुसार पर्खालले च्यापिएर गम्भीर घाइते भएका उनलाई तत्कालै मणिपाल शिक्षण अस्पताल लगिएपनि उपचारका क्रममा उनको ज्यान गएको हो।
घटनाको जानकारी पश्चात पुगेको प्रहरीको टोलीले घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको उपरीक्षक केसीले जानकारी दिए।
सम्बन्धित खबर
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
हप्ताभर विविध कार्यक्रम गरी पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्ताह मनाइयो
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
मुग्लिन-पोखरा सडकः पूर्वी खण्डमा धमाधम कालोपत्र गरिँदै
६५ वर्षीय एक पुरुष मृत फेला
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते