काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई नेपालकै भ्रष्ट र जाली नेता भएको आरोप लगाएका छन् ।
माओवादी पार्टी कार्यालय कोटेश्वरमा गरिएको सूर्यनाथ राम यादवको स्मृति दिवस कार्यक्रममा ओलीविरुद्ध खनिदै उनले ओली जत्तिको झुटो बोल्ने व्यक्ति नेपालमा अरु कोही नभएको समेत दाबी गरे ।
उनले केपी ओलीको परिचय नै धोकेबाज भएको भएपनि अरुलाई नै धोकेबाज भनेर सजिलै भन्ने गरेको पनि टिप्पणी गरे ।
उनले योगेश भट्टराई, घनश्याम भुषालहरुले नै हिजो ओलीविरुद्ध कडा टिप्पणी गरेको भएपनि अहिले ती दश नेताले ओलीसँग आत्मसमर्पण गरेको आरोप लगाए । दाहालले भने, ‘केपीको निरंकुशता पनि थाहा छ तिनीहरुलाई । केपी ओली नेपालको एउटा भ्रष्ट र जाली नेता भन्ने उहाँहरुलाई थाहा छ । मलाई उहाँहरुले सिकाएको हो । घनश्याम, योगेश, गोकर्णलगायत १० जनाले सिकाएको हो ओली यस्ता छन् भनेर । दह्रोसँग टेक्नुस् हामी छौं भन्नुहुन्थ्यो । अन्त्यमा सबैले आत्मसमर्पण गर्नुभयो । अनौठो लागेको छ ।’
दाहालले माधव नेपाल, झलनाथ खनाललगायत नेता भने सही ट्र्याकमा हिँडेको र आफूहरुले सहयोग गरेको बताए ।
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
सानो देशमा छु भन्ने हीनताबोध नराख्नुस्, सार्वभौमसत्ता सानो वा ठूलो हुँदैन: प्रधानमन्त्री ओली
प्रजातन्त्र दिवसमा प्रदेश प्रमुख भट्टको शुभकामना
एमालेसँग एकता सम्भव छैन, माओवादीमा मिल्दैछ भन्ने भ्रमबाट पनि मुक्त हुनुस्ः नेपाल
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने