पोखरा फुस्रेखोला किनारमा कुकुरसहित महिला मृत भेटिइन्

पोखरा फुस्रेखोला किनारमा कुकुरसहित महिला मृत भेटिइन्

dog women

तस्वीर सौजन्यः सरोज अधिकारी

पोखरा वडा नं. २१ फुस्रेखोलाको किनार नजिकै खेतमा एक महिला कुकुरसँगै मृत भेटिएकी छिन् । ५५ वर्षीया कोपिला राना पाख्रीको रुखको हाँगामा नाइलनको डोरीको पासो लगाई झुण्डिएको अवस्थामा भेटिएकी हुन् ।

प्रहरीका अनुसार मृतक राना गुल्मी चन्द्रकोट गाउँपालिका वडा नं. १ शान्तिपुर घर भई कास्की पोखरा १७ बेलघारी स्थित छोरीको घरमा बस्दै आएकी थिइन् ।

सोमबार पूर्वान्ह साढे १० बजेतिरको समयमा महिला र कुकुर झुण्डिएको अवस्थामा स्थानियले देखेपछि प्रहरीलाई खबर गरिएको थियो । रानाले सोही डोरीमा आफूले पालेको सेतो रङको बेलौते कुकुर समेत झुण्डाएकी हुन् ।

बैदामबाट डिएसपी चिनिमाया तामाङ नेतृत्वको ७ जनाको प्रहरी टोली घटनास्थलमा खटिएका थिए । रानाले के कारणले आत्महत्या गरिन् भन्ने खुलेको छैन । उनले २ वटा बाख्रा समेत पालेको र उक्त ठाउँमा बाख्रा चराउन गइरहने पनि खुलेको छ।

प्रहरीले घटना अवस्थाको मुचुल्का उठाई शवलाई पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ