पोखरीमा आमा–छोराको शव फेला

पोखरीमा आमा–छोराको शव फेला

pokhari dead

पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा धनुषामा दुई जनाको शव फेला परेको छ ।
सोमबार धनुषाको धनुषाधाम नगरपालिका वडा–२ स्थित धरमपुरमा महिला र एक बालकको शव फेला परेको धनुषाका प्रहरी प्रवक्ता समेत रहेका प्रहरी नायव उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।

उनका अनुसार घर छेउमै रहेको पोखरीमा करिब २८ वर्षीया अर्चना सिंह र उनका अन्दाजी ४ वर्षीय छोरा कुश कुमार सिंहको शव फेला परेको हो । स्थानीयले पोखरीमा शव देखेपछि धनुषा प्रहरीलाई जानकारी गराएका थिए ।

इलाका प्रहरी कार्यालय धनुषाधामबाट खटिएको प्रहरी टोलीले पोखरीबाट आमा र छोराको शव निकालेर थप अनुसन्धान अगाडी बढाएको जनाएको छ । घटना आत्महत्या वा हत्या के हो भन्नेबारे अनुसन्धानबाट मात्र खुल्ने बस्नेतले बताए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ