सन्दीप लामिछाने र करण केसीको सानदार बलिङमा नेपालले विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा ओमानविरुद्ध ७ विकेटको जित निकालेको छ।
ओमानले दिएको १२१ रनको सामान्य लक्ष्य नेपालले १८.२ ओभरमा ३ विकेट गुमाएर पुरा गर्यो। यस जितसँगै नेपाल अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ।
नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले उत्कृष्ट ब्याटिङ गरे। उनी ४६ बलमा ४ चौका र २ छक्कासहित ५२ रनमा अविजित रहे। ज्ञानेन्द्रको यो कीर्तिमानी अर्धशतक हो।
ज्ञानेन्द्र नेपालबाट ओडिआईमा चार अर्धशतक प्रहार गर्ने पहिलो ब्याट्सम्यान बनेका छन्। ज्ञानेन्द्रपछि ओडिआईमा रोहित कुमार पौडेलले तीन अर्धशतक प्रहार गरेका छन्।
यता, आसिफ शेखले ४४ बलमा ७ चौकासहित ४० रन बनाए। यता, कुशल भुर्तेल र रोहित पौडेलले भने दोहोरो अंक छुन सकेनन्।
नेपालको घातक बलिङसामू ओमानका ७ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्। जतिन्दर सिंहले १३ रन जोड्दा नसिम खुसी १२ रनमा आउट भए। सन्दीप गौडले ८ रन, आयन खानले ७ रन जोड्दा सुफ्यान मेहमुद र मोहमद नदीमले ४र४ रन जोडे। सुरज कुमार र नेस्टर धाम्बा खाता नखोल्दै पेभेलियन फर्किए।
कलिमुल्लाह ११ रनमा अविजित रहँदा बिलाल खानले ९ रन बनाए। नेपालका सन्दीपले ८.१ ओभरमा २ मेडनसहित १८ रन खर्चेर ४ विकेट लिए। करणले ८ ओभरमा १ मेडनसहित २५ रन खर्चेर ४ विकेट लिए।
स्पिनर शरद भेषावकरले ६ ओभरमा १ मेडनसहित २१ रन खर्चेर २ विकेट लिए।
विश्वकप लिग-२ अंक तालिका
नेपाल ८ खेलमा ४ मा जित र ४ मा हार सहित ८ अंकका साथ चौथो स्थानमा छ। यता, ओमान १३ खेलमा १० मा जित र ३ मा हारसहित २० अंकका साथ शीर्ष स्थानमा छ। अमेरिका १५ खेलमा ७ मा जित र ८ मा हारसहित १४ अंक जोड्दै दोस्रो स्थानमा छ।
यस्तै, स्कटल्यान्ड ८ खेलमा ४ मा जित र ३ मा हारसहित ९ अंकका साथ तेस्रो स्थानमा छ। स्कटल्यान्ड र युएईको एक खेल रद्ध भएको थियो।
नामिबिया ७ खेलमा ४ मा जित र ३ मा हारसहित ८ अंकसहित नेटरन रेटको आधारमा पाँचौं स्थानमा।
यता, युएई ७ खेलमा समान ३ मा जित र ३ मा हारसहित ७ अंक जोड्दै छैटौं स्थानमा छ। स्कटल्यान्ड र युएईको एक खेल रद्ध भएको थियो।
पपुवा न्युगिनी ८ खेलमानै हारका साथ अंकविहिन हुँदै पुछारमा छ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते