काठमाडौँ — कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूलाई पार्टी फुटाएर प्रधानमन्त्री बन्न हताराे नभएकाे बताएका छन् । उनले राजनीतिक दलसम्बन्धी अध्यादेशका कारण कांग्रेस फुट्छ भन्ने भ्रम नपाल्न आग्रह पनि गरेका छन् ।
‘साथीहरुलाई भ्रम परेको होला, राजनीतिक दल सम्बन्धी अध्यादेशले शेरबहादुरको पार्टी पनि फुट्न सक्छ भनेर । कांग्रेसको अर्को पक्ष भनेको म हो । मलाई पार्टी फुटाएर सभापति बन्नु, प्रधानमन्त्री बन्नुपर्ने हतारो छैन,’ नेता पौडेलले भने ।
आइतबारै एमाले संसदीय दलका उपनेता एवं सुवास नेम्वाङले प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएर एमाले फुटाउन भूमिका खेलेको भन्दै त्यो अध्यादेश प्रधानमन्त्रीकै पार्टीका लागि प्रत्युत्पादक भए के हुन्छ ? भन्ने प्रश्न गरेका थिए ।
जवाफमा नेता पौडेलले राजनीतिक दलसम्बन्धी अध्यादेशले कांग्रेसलाई कुनै असर नगर्ने भनेका थिए । ‘मेरो सभापति चलाख हुनुहुन्छ, आफ्नै पार्टीमा असर गर्छ भनेर राजनीतिक दल सम्बन्धी अध्यादेश खारेज गराउनु पनि होला,’ पौडेलले भने, ‘तर मलाई त्यस्तो हतारो छैन ।’ पूर्वसभामुखसमेत रहेका नेता पौडेलले वर्तमान संविधानले मुलुकलाई समृद्धिको बाटोमा अघि बढाएको बताए ।
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
सानो देशमा छु भन्ने हीनताबोध नराख्नुस्, सार्वभौमसत्ता सानो वा ठूलो हुँदैन: प्रधानमन्त्री ओली
प्रजातन्त्र दिवसमा प्रदेश प्रमुख भट्टको शुभकामना
एमालेसँग एकता सम्भव छैन, माओवादीमा मिल्दैछ भन्ने भ्रमबाट पनि मुक्त हुनुस्ः नेपाल
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने