काठमाडौँ । नेकपा एमालेका नेता तथा संविधानसभा अध्यक्ष सुवास नेम्वाङले केपी ओली सरकार विस्थापित गर्न परमादेश जारी गर्ने न्यायाधीश र मुद्दा हाल्ने वकिलहरू पदकबाट विभुषित हुनुले गम्भीर आशंका पैदा गरेको बताएका छन् ।
संविधान दिवसका अवसरमा एमालेले च्यासलमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेम्वाङले परमादेश जारी गरेर सरकारमा ल्याइदिएको गुन तिर्न पदक दिएको हो भने त्यो बेठीक भएको बताए ।
उनले न्यायाधीशहरूलाई पदक अस्वीकार गर्न समेत सुझाव दिएका छन् ।
दिल्लीमा बसेर एमाले फुटाउन भूमिका खेल्नेले समेत पदक पाएको भन्दै नेम्वाङले भने, ‘एक जना साथी दिल्लीमा हुनुहुन्थ्यो । दिल्लीबाटै पार्टी फुटाउन भूमिका खेल्नुभयो, उहाले पाउनु भएछ ।’ उनको संकेत पूर्व प्रधानमन्त्री एवं एकीकृत समाजवादीका नेता झलनाथ खनालतिर थियो । खनाललाई राष्ट्र गौरव विभूषण प्रदान गर्ने निर्णय भएको छ ।
प्रचण्ड र माधवकुमार नेपालतर्फ संकेत गर्दै नेम्वाङले भने, दुई जना नेताहरु यही रहेर क्रियाशील हुनुहुन्थ्यो, उहाँहरुका परिवारका महत्वपूर्ण सदस्यले मेडल पाउनु भएछ ।’ माधव नेपालका पिताले प्रवल जनसेवाश्री ले र प्रचण्ड पत्नी सीता दाहालले उज्जवल कीर्तिमय राष्ट्रद्वीप पदक पाएका छन् ।
नेम्वाङले भनेका छन्, ‘हाम्रो पार्टीको सरकारविरुद्ध मुद्दा लगाउने साथीहरुले मेडल पाउनु भएछ । मुद्दामा भूमिका निर्वाह गर्नुहुने कामनून व्यवसायी मित्रहरुले मेडल पाउनु भएछ । त्यसैगरी अरु ढंगले भूमिका निर्वाह गर्नेहरुले पाउनु भएछ । मुद्दाको फैसला गर्ने सवैधानिक इजलासमा बस्नु भएको न्यायाधीशहरुले पाउनु भएको छ ।’
‘यस्तै भएको हो भनेर म टिप्पणी गर्दिन । तर पारि चितुवा करायो, वारि सिंगारी हरायो भने जस्तै कार्य भयो । उहाँहरुलाई न्यायाधीशका रुपमा आदर गर्छु । त्यसैले उहाँहरुलाई आग्रह गर्छु, यस्तो सन्देश जान दिनु हुँदैन । यहाँहरुले तरुन्तै यो दिइएको मेडल हामी अस्वीकार गर्छौं भनेर घोषणा गरिदिनुस्’, नेम्वाङले भने ।
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
सानो देशमा छु भन्ने हीनताबोध नराख्नुस्, सार्वभौमसत्ता सानो वा ठूलो हुँदैन: प्रधानमन्त्री ओली
प्रजातन्त्र दिवसमा प्रदेश प्रमुख भट्टको शुभकामना
एमालेसँग एकता सम्भव छैन, माओवादीमा मिल्दैछ भन्ने भ्रमबाट पनि मुक्त हुनुस्ः नेपाल
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने