नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) का उपाध्यक्ष रश्मि आचार्यले आफूले अखिलको विद्यार्थी राजनीतिमा २८ वर्ष बिताएको उल्लेख गरेका छन् ।
२२ औं सम्मेलनबाट निर्वाचित उपाध्यक्ष आचार्य अध्यक्ष नविना लामा समानुपातिक सांसद चयन भएपछि नै अध्यक्षका लागि प्रमुख दाबेदार थिए । यद्यपी, पार्टी निर्देशनमा महासचिव ऐन महरलाई अध्यक्ष बनाइयो । अहिले निर्वाचित उपाध्यक्ष आचार्य, महेश वर्तौला र सैलेश लामा बाहिरिएका छन् । उपाध्यक्ष सुनिता बराललाई अध्यक्ष चयन गरिएको छ ।
चैतमा हुन गइरहेको २३ औं महाधिवेशनबाट बराललाई अध्यक्ष र समिक बडाल महासचिव बनाउने गरी केन्द्रीय कमिटी हेरफेर गरिएको हो । संगठनका प्रवक्ता तथा हालका सचिव आरसी लामिछाने वरिष्ठ उपाध्यक्ष चयन भएका छन् । अध्यक्षको लागि रश्मी आचार्य र महेश बर्तौला पनि आकांक्षी थिए । पूर्वअध्यक्ष नविना लामा, रश्मी आचार्य आफूहरुलाई अन्याय भएको भन्दै अनेरास्ववियूको बैठकमा अनुपस्थित भएको बताइएको छ ।
रश्मि आचार्यले एक प्रेस विज्ञप्ति जारी गर्दै आफू अब विद्यार्थी राजनीतिबाट पार्टी राजनीतितर्फ प्रवेश गरेको उल्लेख गरेका हुन् ।


सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो