पोखरा । नेकपा (एमाले) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को गण्डकी प्रदेश कमिटीको संयोजकमा प्रकाश पौडेल चयन भएका छन् ।
शनिवार सम्पन्न केन्द्रीय सचिवालयको पूर्ण बैठकबाट गण्डकीको संयोजकको जिम्मेवारी पौडेललाई तोकिएको हो । अनेरास्ववियु म्याग्दीका पूर्व जिल्ला अध्यक्ष समेत रहेका केन्द्रीय सचिवालय सदस्य पौडेललाई स्थायी कमिटी सदस्यसहित प्रदेश संयोजकको जिम्मेवारी दिएको हो ।
प्रदेश संयोजकको जिम्मेवारी प्राप्त गरेसंगै पौडेलले बिपत्तिमा सेवा अनि बिभेदमा बिद्रोह गर्दै त्यसैको जगमा बलियो संगठन निर्माण गर्ने बताएका छन । उनले प्रदेशमा संगठनको कामलाई थप गतिशील बनाउन सक्रिय हुने बताए ।
विद्यार्थी राजनीतिको यात्रा सुरु गरेका उनी १२ वर्षकै उमेरदेखि नै अनेरास्ववियुको प्रारम्भिक कमिटीको अध्यक्ष हुँदै जिल्ला कमिटीमा प्रवेश गरेका हुन् ।
अनेरास्ववियुको ३ कार्यकाल जिल्ला सदस्य हुँदै २०७१ सालमा २० बर्षकै उमेरमा जिल्ला अध्यक्षमा निर्वाचित भएका थिए । २०७२ मा भएको अनेरास्ववियुको राष्ट्रिय महाधिवेशनमा केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए ।
म्याग्दी जिल्ला भित्र सामाजिक कार्यमा, विपत् व्यबस्थापनमा अग्रणी भुमिकामा रहेर जिल्लाभर लोकप्रिय मानिएका उनी देशभरका अनेरास्ववियु विद्यार्थी माझ पनि उत्तिकै लोकप्रिय मानिन्छन् । तराईमा हावाहुरीका कारण बस्ती उडाउँदा भोलिपल्ट नै पौडेल आफ्नो नेतृत्वको टीमसहित तराई पुगेर उद्धारमा खटिएका थिए ।
उमेरको हद चर्किरहने अनेरास्ववियूमा पौडेल कम उमेरका प्रभावशाली नेता हुन् । अनेरास्ववियुमा पछिल्लो समय पुनर्गठनको मागसहित पौडेलले सामाजिक सञ्जालमा आवाज उठाएसँगै अनेरास्ववियु नेतृत्व हस्तान्तरणतर्फ अगाडि बढ्न चर्को दबाब सिर्जना भएको थियो ।
सम्बन्धित खबर
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
तस्वीरमा लमजुङको घलेगाऊँ
मुग्लिन–पोखरा बाटो सहज बन्दै
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
नेपाली सिनेमाको विकास हुन नसक्नुमा सरकारको नीति वा नियतबारे प्रश्न
रिलदेखि एआईसम्म आउँदा स्मरण क्षमता कमजोर, मेहनत कम
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने