काठमाडौँ । सरकारले असोज ४ गतेदेखि असोज १४ गतेसम्म कोरोना विरुद्धको खोप भेरोसेलको पहिलो मात्रा दिने भएको छ। दोस्रो मात्रा खोप कात्तिक ४ देखि १४ गतेसम्म दिइने छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चार उमेर समुहलाई जिल्ला अनुसार दिइने योजना बनाएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार ताप्लेजुङ्ग, संखुवासभा, सोलुखुम्बु, रसुवा, जुम्ला, मुगु, हुम्ला, डोल्ला, बाजुरा र दार्चुलामा १८ वर्षमाथिका खोप लगाउन छुटेका सबै नागरिकलाई खोप दिने जनाएको छ।
काभ्रे र चितवनका ३५ वर्ष माथिका खोप लगाउने बाँकी सबै नागरिक र १८ वर्ष माथिका खोप लगाउन छुटेका सबै विद्यार्थीलाई खोप दिइने छ।
त्यसैगरी, काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर, रामेछाप, सर्लाही र अछामका ४० वर्ष माथिका खोप लगाउन बाँकी सबै नागरिक र १८ वर्ष वर्ष माथिका खोप लगाउन छुटेका सबै विद्यार्थीलाई खोप दिइने छ।
माथि उल्लेखित बाहेक ५८ जिल्लाहरुमा मनाङ,मुस्ताङ, र रुकुमपूवबाहेकका जिल्लाहरुमा भने ४५ वर्ष माथिका खोप लगाउन बाँकी सबै नागरिक र १८ वर्ष माथिका खोप लगाउन छुटेका सबै विद्यार्थीलाई खोप दिइने स्वास्थ्य मन्त्रालयले जनाएको छ।
त्यसबाहेक, यसअघि छुटेका अग्रपंतिमा खटिने, अत्यावश्यक सेवा, शिक्षक, पर्यटकीय क्षेत्र, होटल व्यवसायमा काम गर्ने व्यक्तिहरु समेत खोप दिइने बताइएको छ।
कोभिसिल्ड र एस्ट्राजेनेका खोपको पहिलो मात्रा लगाएका व्यक्तिहरुले भने यो खोप लगाउन हुँदैन।

सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो