काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिदेशीय एक दिवसीय श्रृङ्खलाको चौथो खेलमा आज नेपाल ओमानसँग प्रतिस्पर्धा गर्दैछ ।
खेल ओमानको अल अमिरात मैदानमा दिउँसो सवा ४ बजे सुरु हुनेछ ।
यसअघि मङ्गलबार भएको खेलमा नेपाल ओमानसँग पाँच विकेटले पराजित भएको थियो । लिग–२ अन्तर्गत सन् २०२० को फेब्रुअरीमा घरेलु मैदानमा भएको दुई खेलमा पनि ओमानले नेपाललाई हराएको थियो ।
ओमानविरुद्धको खेल नेपालका लागि यस सिरिजको अन्तिम खेल हो । ४ खेलको सिरिजमा नेपालले ३ खेल खेल्दा १ मात्र जित हासिल गरेको छ ।
सिरिजको पहिलो खेलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो । तर, दोस्रो खेलमा ओमानसँग पराजित भएको थियो । यस्तै शुक्रबार भएको दोस्रो भेटमा अमेरिकाले नेपाललाई ६ विकेटले हराएको थियो ।
लिग–२ मा नेपाल ७ खेलमा ६ अंक जोडेर छैटौं स्थानमा रहेको छ । ओमान १२ खेलमा २० अंक जोडेर शीर्ष स्थानमा रहेको छ । अमेरिका १५ खेलमा १४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।
सात टोली रहेको लिग–२ मा एक टोलीले नौ श्रृङ्खलासहित कुल ३६ खेल खेल्ने छन्। लिग–२ मा शीर्ष हुने तीन देशले सन् २०२३ को जुलाईमा जिम्बाब्वेमा हुने विश्वकप छनोटमा स्थान बनाउने छन् ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते