पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोख्रेलले धर्मले नै मानिसलाई आचारण संहिता सिकाउने बताएका छन् । मानव मिलन संस्थाले जैन स्थानक भवन पोखरामा आयोजना गरेको प्रवचन कार्यक्रममा बोल्दै उनले धर्मले नै मानिसलाई अनुशासित बनाएको बताए ।
उनले भने,‘मानिस आचारसंहिता भित्र बाँधिएर बस्नु न धर्म हो, धर्मबिना मानिस बाँच्न सक्दैन ।’ उनले मानिस प्रतिस्पर्धाका नाममा हुने विकृतिलाई रोक्न पनि धार्मिक क्षेत्रमा लाग्नु पर्ने बताए । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले डा. श्री मणिभद्र मुनिजी महाराजको प्रवचनबाट आफू प्रभावित भएको बताए ।
दैनिक रुपमा सञ्चालित हुने प्रर्वचन कार्यक्रममा आफ्नो प्रर्वचन राख्दै मानव मिलनका संस्थापक नेपाल केशरी डा।श्री मणिभद्र मुनिजी महाराजले धर्म जान्न बुझ्नको लागि गहिराईसम्म शास्त्र पढ्न जरुरी नभएको र प्रत्येक व्यक्तिले आ–आफ्नो काम इमान्दारिता पूर्वक नियम पालनाको साथ गर्ने हो भने त्यो नै धर्म रहेको बताए ।
मानव जातीले आफ्नो धर्म छाड्दा समाजमा विकृति मौलाएको बताए । उनले आफूसँग जे छ त्यसैमा रमाउनुपर्ने, त्यसमा नै सन्तुष्ट हुनुपर्नेमा जोड दिए।
उक्त प्रवचन कार्यक्रममा राष्ट्रिय धर्म जागरण अभियान नेपालका संयोजक पूर्व सांसद शंकर पाण्डे, गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता रोहित बाँस्तोला, क्षेत्रीय शिक्षा निर्देशक अम्बिकाप्रसाद अर्यालले धर्मका बारेमा बोलेका थिए ।
कार्यक्रमको सञ्चालन गर्दै सावित्री शर्माले प्रवचन दैनिक रुपमा बिहान ८ बजे हुने जानकारी गराएकी थिइन् ।
सम्बन्धित खबर
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
मुग्लिन–पोखरा बाटो सहज बन्दै
नेपाली सिनेमाको विकास हुन नसक्नुमा सरकारको नीति वा नियतबारे प्रश्न
रिलदेखि एआईसम्म आउँदा स्मरण क्षमता कमजोर, मेहनत कम
‘अहिलेका गीत संगीतमा प्याकेज बन्न छोडे’
‘नेपाली सिनेमामा आदिवासी र सिमान्तकृतको स्वर दबिएको छ’
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो